यसकारण गरिन्छ विश्वकर्माको पूजा « Khabarhub

यसकारण गरिन्छ विश्वकर्माको पूजा


१ आश्विन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


282
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आज विश्वकर्मा पूजा । परम्परागत रुपमा मनाइँदै आएका हरेक चाडपर्वको आआफ्नै महत्त्व र विशेषता छन् ।

प्रविधि र मेसिनरी सामाग्रीहरूको पूजा गरी भगवान् विश्वकर्माको पूजा गर्ने परम्परा छ । नेपालमा असोज १ गतेलाई विश्वकर्मा दिवसको रूपमा पनि मनाइन्छ ।

नेपालमा मात्रै नभइ भारतमा पनि  विश्वकर्मा पूजा उल्लासपूर्ण रुपमा मनाउने गरिन्छ । विश्वकर्मा पूजाको दिन उद्योग, कलकारखाना र हरेक किसिमका मेसिनहरूको पूजाआजा गरिन्छ ।

हिन्दु संस्कृति अन्तर्गत शिल्प संकायहरू, कारखानाहरू, उद्योगहरूमा भगवान् विश्वकर्माको महत्त्व दर्साइएको छ ।

एकै रातमा समुद्रका बीचमा ‘भेद द्वारका’ को निर्माण गरेकाले विश्वकर्मालाई सफल वास्तुविद्का रूपमा परापूर्व कालबाटै पूजाआजा गर्ने परम्परा बसेको धर्मशास्त्रका ज्ञाताहरू बताउँछन् ।

भगवान् विश्वकर्मा सम्झनामा विश्वकर्मा बाबाको पूजा गरी उनको विद्वताको सम्मान गर्ने र यसो गरेमा आफूमा पनि विश्वकर्माको गुण प्राप्त हुने विश्वास गरिन्छ ।

आज सवारीसाधन, वाद्ययन्त्र, मेसिन, कल, पार्टपुर्जा तथा धातुका उपकरणको पूजा गरिनुका साथै उद्योगहरू खुला राखेर सबैलाई प्रसाद ग्रहण गराउने चलन छ ।

विश्वकर्मा पूजामा वर्षभरि कुनै अप्रिय घटना नहोस् भनेर मेसिनको पूजा गर्ने चलन छ ।

विश्वकर्मा बाबा को हुन् त ?
विश्वकर्मा बाबा देवताहरूका लागि शिल्प विशेषज्ञ र हरेक देवताका भवनहरूको निर्माता, हतियार शिल्पकार र यानहरूका रचयिता तथा निर्माता हुन् ।

शास्त्रहरूका अनुसार विश्वकर्मा ब्रह्माका पुत्र हुन्, यिनका पाँच छोरा र एक मात्र छोरी थिइन् । उनको एक मात्र छोरी सन्ध्याको विवाह वैश्विक ऊर्जा तथा तापका प्राकृतिक श्रोतका मालिक भगवान् सूर्यसँग भएको थियो ।

विश्वकर्मा बाबा हस्तकला, शिल्पकार, हतियार विज्ञका रूपमा कला अनि हजारौँ वस्तुगत रचनाका प्रेरणा हुन् । आजको आधुनिक युगमा पनि उनले वैदिक कालमा गरेको प्रविधि तथा अनेक निर्माणका अभ्यासहरूको सम्मान स्वरूप नेपालका अधिकांश ग्यारेज, कारखाना, उत्पादन प्रविधि स्थल अनि धातुका विविध कार्यहरूमा सक्रिय विविध कार्यस्थलहरू एकदमै सजिसजाउ अनि झकिझकाउ हुने गर्छन् ।

विश्वकर्मा बाबाको पूजामा विश्वकर्मा बाबाको मूर्ति स्थापित गरी उक्त दिन पूजा गर्ने र भोलिपल्ट रीतिपूर्वक नदी, ताल, तलैयामा मूर्ति सेलाउने चलन छ ।

उनको अनन्त र अनुपम कृतिमा सत्ययुगमा स्वर्ग लोक, त्रेतायुगमा लंका, द्वापयुगमा द्वारिका र कलियुगमा जगन्नाथ मन्दिरको विशाल मूर्ति आदि रहेका छन् ।

 

प्रकाशित मिति : १ आश्विन २०८१, मंगलबार  ८ : ०८ बजे

लुम्बिनी प्रदेशसभाको १०औँ बैठक बस्दै

घोराही– लुम्बिनी प्रदेशसभाको सातौँ अधिवेशनअन्तर्गत १०औँ बैठक आज बिहान ११ः००

कपिलवस्तुमा बस दुर्घटना, २६ जना घाइते

कृष्णनगर– पूर्व–पश्चिम राजमार्गअन्तर्गत कपिलवस्तुको बनकसवासामा गएराति बस दुर्घटना हुँदा २६

आज राष्ट्रपतिले दुबै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने 

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुबै सदनको संयुक्त बैठकलाई

कार्की आयोगको प्रतिवेदनबारे कांग्रेसले गर्‍यो छलफल आह्वान

काठमाडौँ– नेपाली कांग्रेसले ‘जेनजी’ आन्दोलनका क्रममा भएका घटनाबारे गठित जाँचबुझ

‘मुन्दुम पदमार्ग’ क्षेत्रमा गुराँस ढकमक्क

भोजपुर– वसन्त ऋतुको आगमनसँगै पूर्वी पहाडी भेगका वन–जङ्गल यतिबेला राताम्य