प्रदेश बजेट : सुदूरपश्चिमले अझै सच्याउँदैछ, के छन् ६ प्रदेशको बजेटमा नयाँ विशेषता ? « Khabarhub

 प्रदेश बजेट : सुदूरपश्चिमले अझै सच्याउँदैछ, के छन् ६ प्रदेशको बजेटमा नयाँ विशेषता ?


२ असार २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– असार १ गते साँझसम्म ६ वटा प्रदेश र मध्यरातसम्म सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षको लागि बजेट ल्याए । आकारको हिसाबले सबैभन्दा ठूलो बजेट बागमतीले ल्यायो भने सबैभन्दा सानो बजेट गण्डकी प्रदेशले ल्यायो ।

मध्यरातमा बजेट ल्याएको सुदूरपश्चिम सरकारले भने अहिलेसम्म बजेटको लिखित दस्ताबेज सार्वजनिक गरेको छैन । अझैपनि बजेट करेक्सनको काम भइरहेको प्रदेश आर्थिक मामिला तथा योजना मन्त्रालयका अधिकारीले जनाएका छन् ।

कार्यक्रमका हिसाबले भने सबै प्रदेशले झण्डै परम्परागत कार्यक्रमलाई निरन्तरता दिएका छन् भने केही आकर्षक र नयाँ कार्यक्रम पनि अघि बढाउने पहल गरेको देखिन्छ ।

संघीय सरकारसँगै प्रदेश सरकारले पनि यसपटकको बजेटमा सूचना प्रविधि र एआईलाई सम्बोधन गर्ने प्रयास गरेका छन् । बागमती प्रदेशले ए।आई।मा आधारित डिजिटल शिक्षक तालिम र स्मार्ट टिचिङको कार्यक्रम बजेटमा समावेश गरेको छ । 

साथै, सो प्रदेशले ‘हेल्लो सीएम डेस्क’ मार्फत ७ दिनभित्र गुनासो फस्र्योट गर्ने विषय बजेटमा उल्लेख गरेको छ ।

कोशी र लुम्बिनी प्रदेशले पनि ए.आई. र सूचना प्रविधि पार्कमा विशेष बजेट छुट्याएका छन् ।

गण्डकी प्रदेशले ‘इन्भेष्ट गण्डकी’ र ‘मेरो प्रदेश : मेरो दायित्व’ अभियान बजेटमा समावेश गरेको छ । साथै, सो प्रदेशले करारका कर्मचारीलाई पनि स्थायी कर्मचारी सरह महँगी भत्ता प्रदान गर्ने विषय अघि सारेको छ । तर, संघीय सरकारले वृद्धि गरेको तलब भने सबै प्रदेशले वृद्धि गर्ने जनाएका छन् ।

कोशी प्रदेशले ‘ट्यालेन्ट हन्ट’ मार्फत युवा प्रतिभालाई निजामती सेवामा भित्र्याउने जनाएको छ । साथै, सो प्रदेशका संरचनामा छुट्टै मानक रङ प्रयोग गर्ने पनि बजेटमा उल्लेख छ ।

लुम्बिनी प्रदेशले ‘उद्यमशील लुम्बिनी’ अभियान र स्टार्टअपका लागि ब्याज सहुलियत कार्यक्रम अघि सारेको छ । मदिरा र सुर्तीजन्य बाहेकका उद्योग दर्ता र नवीकरण पूर्ण रूपमा निःशुल्क हुने पनि बजेटमा नयाँ कार्यक्रम उल्लेख छ ।

कर्णाली प्रदेशले ‘एक स्थानीय तह, एक कृषि पाठशाला’को नयाँ कार्यक्रम बजेटमा समावेश गरेको छ । 

करको क्षेत्रमा पनि केही प्रदेशले बजेटमा नयाँ व्यवस्थाको सुरु गरेका छन् । लुम्बिनी र मधेश प्रदेशले उद्योग दर्ता र नवीकरण शुल्क पूर्ण छुट दिने व्यवस्था अघि सारेका छन् । तर, मधेश प्रदेशले क्रसर तथा खानी उद्योगलाई वातावरणीय सेवा शुल्क लिने व्यवस्था लागू गर्ने जनाएको छ ।

कोशी प्रदेशले हिमाली र पहाडी जिल्लामा आवास वा उद्योगका लागि जग्गा खरिद गर्दा रजिस्ट्रेसन शुल्कमा पूर्ण छुट दिने नयाँ व्यवस्था अघि सारेको छ ।

बागमती प्रदेशले अस्पतालहरूमा सीटी स्क्यान, एमआरआई र क्याथल्याब सेवा विस्तार गर्ने नयाँ कार्यक्रम अघि सारेको छ भने कर्णाली प्रदेशले जटिल रोगका बिरामीलाई २ लाख ५० हजार उपचार सहायता दिने जनाएको छ । 

कर्णाली प्रदेशले महिला स्वास्थ्य स्वयंसेविकाको भत्ता शतप्रतिशत वृद्धि गरी २४ हजार पुर्याएको छ । जुन भत्ता देशभरीकै धेरै हो ।

लुम्बिनी प्रदेशले दुरदराजमा ‘मोबाइल मेडिकल भ्यान’ मार्फत विशेषज्ञ सेवा दिने कार्यक्रम अघि सारेको छ ।

बागमती प्रदेश बजेट आकार र आन्तरिक राजस्व दुवैमा बलियो

बजेटको आकार हेर्दा बागमती प्रदेश सबैभन्दा बलियो देखिएको छ । बागमती प्रदेशको बजेट सबैभन्दा ठूलो ६६.९३ अर्ब छ भने गण्डकी प्रदेशको सबैभन्दा सानो ३२।९९ अर्बको छ ।

कुल विनियोजित बजेटको आकारमा पुँजीगत खर्चको हिस्सा बागमती प्रदेशले ६५.६९ र लुम्बिनीले ६०.७७ प्रतिशत विनियोजन गरेका छन् । 

त्यस्तै, आन्तरिक राजस्वतर्फ बागमती प्रदेश आन्तरिक स्रोतमा सबैभन्दा बलियो देखिएको छ । सो प्रदेशको आन्तरिक राजस्व ३७ अर्बभन्दा बढी छ भने कर्णाली सबैभन्दा कमजोर रहेको छ । जसको आन्तरिक राजस्व आम्दानी ८५ करोड मात्र छ ।

प्रकाशित मिति : २ असार २०८३, मंगलबार  १ : ५५ बजे

बाँके निकुञ्जमा भौतिक पूर्वाधारमा लगानी गर्न आग्रह

नेपालगन्ज– यहाँका पर्यटन व्यवसायीले बाँके राष्ट्रिय निकुञ्जमा भौतिक पूर्वाधार विकासमा

केप भर्डेका नायक भोजिन्हाको आँसु : भिसाको समस्याले आमा मैदानमा थिइनन्

काठमाडौं – ४१ वर्षका पोर्चुगिच स्टाइकर क्रिस्टियानो रोनाल्डोलाई उमेर ढल्केको

प्रतिनिधिसभामा विनियोजन विधेयक, २०८३ को विभिन्न शीर्षकमाथि छलफल

काठमाडौं– विनियोजन विधेयक, २०८३ को विभिन्न शीर्षकमाथिको प्रतिनिधिसभा बैठकमा छलफल

स्वास्थ्य क्षेत्रमा सहकार्य विस्तारबारे मन्त्री मेहता र कोरियाली राजदूतबीच छलफल

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता र नेपालका

टुँडिखेलमा दुबो रोप्ने काम तीव्र (तस्बिरहरू)

काठमाडौं- राजधानीको ऐतिहासिक तथा प्रमुख खुला सार्वजनिक क्षेत्र टुँडिखेलमा हरियाली