तनहुँमा रासायनिक मल पर्याप्त मौज्दात « Khabarhub

तनहुँमा रासायनिक मल पर्याप्त मौज्दात


१ आश्विन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

तनहुँ– कृषि सामग्री कम्पनी लिमिटेड तनहुँमा चालु आर्थिक वर्षमा मलखाद पर्याप्त मौज्दात रहेको छ । चालु आवमा मलको मूल्य निर्धारण र मागअनुसार आपूर्ति सहज भएपछि जिल्लामा रासायनिक मल पर्याप्त मौज्दात रहेको कम्पनीले जनाएको छ ।

कम्पनीका शाखा प्रबन्धक दिनेश शर्माले अनुसार माग भएबमोजिम मल आपूर्ति हुनुका साथै ठेकेदारले समयमा ढुवानी गरेकाले मलखाद पर्याप्त रहेको बताए ।

उनले भने, ‘यस वर्ष रासायनिक मल अभाव छैन । मागअनुसार मल आपूर्ति भइरहेको छ । कृषकले समस्या झेल्नुपरेको छैन ।’ युरिया, डिएपी, पोटास र कृषि चुन पर्याप्तमात्रामा गोदाममा रहेको उनले जानकारी दिए ।

युरिया, डिएपी, पोटास र कृषि चुन गरी कूल तीन सय ६० मेट्रिकटन रासायनिक मल गत साउन र भदौमा बिक्रीवितरण गरिएको शाखा प्रबन्धक शर्माले बताउनुभयो । उनका अनुसार युरिया तीन सय २४, डिएपी दुई सय ४८, पोटास १५ र कृषि चुन छ मेट्रिकटन मल गोदाममा मौज्दात छ ।

‘चालु आर्थिक वर्षको साउन र भदौसम्म युरिया दुई सय ७०, डिएपी ३१, पोटास सात र कृषि चुन १५ मेट्रिकटन बिक्री भइसकेको छ’, शर्माले भने । कम्पनीको प्रदेश कार्यालय वीरगञ्जबाट रासायनिक मल आपूर्ति हुँदै आएको उनको भनाइ छ ।

युरिया प्रतिबोरा आठ सय ८१ रुपैयाँ ५० पैसा, डिएपी दुई हजार तीन सय ३१ रुपैयाँ ५० पैसा, पोटास एक हजार सात सय ३१ रुपैयाँ ५० पैसा र कृषि चुन चार सय रुपैयाँका दरले बिक्री हुँदै आएको कम्पनीले जनाएको छ ।

यस्तै, युरिया प्रतिकेजी १७ रुपैयाँ ६३ पैसा, डिएपी प्रतिकेजी ४६ रुपैयाँ ६३ पैसा, पोटास प्रतिकेजी ३४ रुपैयाँ ६३ र कृषि चुन सात रुपैयाँ ६० पैसामा मल बिक्री हुँदै आएको छ । गत वर्ष तनहुँमा करिब छ करोड बराबरको रासायनिक मल खपत भएको थियो ।

पछिल्ला वर्षमा रासायनिक मलको अभाव हुन छोडेको शर्माले बताए । मागअनुसारको मल पाएपछि किसानसमेत हर्षित छन् । व्यास नगरपालिका–५ साँगे सेराका कृषक रामलाल कुमालले यस वर्ष मागअनुसारको मल पाएको बताए ।

प्रकाशित मिति : १ आश्विन २०८१, मंगलबार  १० : १२ बजे

यूईएफए नेसन्स लिग : नर्वेमाथि पोचुगलको जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा पोर्चुगलले नर्वेलाई हराएको छ । गएराति

सलमानजस्तै देखिने सुफयान को हुन् ? बलिउडमा बढ्यो चर्चा

बलिउडमा कलाकारका सन्तान चर्चामा आउनु सामान्यजस्तै हो। कसैले अभिनयमा डेब्यु

कांग्रेस महाधिवेशनमा आजदेखि बन्दसत्र सुरु हुँदै, विभिन्न प्रतिवेदन पेस गरिँदै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आजदेखि बन्दसत्र सुरु हुँदैछ

बाढी पहिरोले म्याग्दीका साढे पाँच सय घरपरिवार प्रभावित

म्याग्दी– यही असोज ८ देखि ११ गतेसम्मको निरन्तरको झरीपछिको बाढी

सीमा क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन

झापा– सीमावर्ती क्षेत्रमा हुनसक्ने अवैध चोरी–निकासी तथा पैठारी नियन्त्रण र