पल शाह संकटमा, ‘कल्ली’बाट आउट भएकै हुन्‌ ? « Khabarhub

पल शाह संकटमा, ‘कल्ली’बाट आउट भएकै हुन्‌ ?


१ आश्विन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायक पल शाह शीर्ष भूमिकामा रहेको फिल्म ‘रावायण’ भदौ २१ बाट प्रदर्शनमा आयो । फिल्मले राम्रो व्यापार गर्न सकेन ।

सो फिल्म प्रदर्शन दौरान पलको पुरानो ‘नाबालिग बलात्कार’ मुद्दाले चर्चा पायो । सोही विषय फिल्म फ्लप हुनुको एक कारण मानिएको छ ।

त्यसैको तरङ्गले अहिले उनको हातबाट अर्को फिल्म पनि फुस्किएको चर्चा चलेको छ । उनी शीर्ष भूमिकामा रहने भनिएको फिल्म ‘कल्ली’मा अभिनेता सौगात मल्ल अनुबन्ध भएका छन् । निर्माताले पलको स्थानमा सौगातलाई भित्र्याएको चर्चा चलेको हो ।

निर्माण पक्षले हिजोमात्रै सौगात अनुबन्ध भएको जानकारी दिएको हो । सो ‍बारे जानकारी दिन निर्माण पक्षले खबरहबलाई उपलब्ध गराएको प्रेस साम्रगीमा पलको नाम उल्लेख छैन । यसैकारण पलसँग निर्माण पक्ष सकारात्मक नरहेको अनुमान लगाउन सकिन्छ।

चलचित्रमा पल शाह अनुबन्ध भएको जानकारी दिँदै निर्माण पक्षले साउन १५ गते फिल्मको पोस्टर सार्वजनिक गरेको थियो ।

अहिले फिल्मको पेजबाट पल शाहलाई फिचर्ड गरिएको पोस्टर पनि हटाइएको छ । सो पेजले पल अनुबन्ध भएको समाचार सेयर पनि गरेको थियो । ती समाचार पनि सो पेजमा छैनन् ।

नायक पलले भने आफूलाई फिल्मबाट हटाइएकोबारे आधिकारिक जनाकारी नआएको बताए । उनले खबरहबसँग भने, ‘म अन्य कामले व्यस्त छु । कुनै जानकारी आएको छैन । आज बेलुकीसम्म आउला कि !’

रेड बर्ड र कस्तुरी प्रोडक्सनको संयुक्त ब्यानरमा निर्माण हुने यस फिल्मको लेखक/निर्देशक लक्ष्मण सुनार हुन् । किरण नेपाली निर्माता छन्‌ ।

फिल्मको छायाङ्कन तिहारपछि हुने जनाइएको छ । प्रदर्शन मिति चैत २९ गतेलाई तोकिएको छ ।

प्रकाशित मिति : १ आश्विन २०८१, मंगलबार  १२ : ५२ बजे

नेपाल कृषि प्रधान देश भएकाले कृषि प्रधान नीति बनाउनुपर्नेमा जोड

काठमाडौं– नेपालजस्तो कृषि प्रधान देशमा कृषिमा आधारित नीति बनाइनुपर्नेमा जोड

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आपत्कालीन उद्धार अभ्यास सम्पन्न

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज विमान दुर्घटनापछि गरिने उद्धारसम्बन्धी आपत्कालीन

अमेरिकाले लज्जास्पद हार व्यहोरेको इरानका सर्वोच्च नेताको भनाइ

तेहरान- इरानका सर्वोच्च नेता आयातोल्लाह मोजतबा खामेनीले बिहीबार एक लिखित

वैशाखे पूर्णे मेला भर्न हिँडेका यात्रु सवार जीप जब भीरमा खस्यो

दाङ- रोल्पामा बिहीबार एउटा जीप दुर्घटना हुँदा १८ जनाको मृत्यु

दोस्रो संस्करणको ‘चितवन अटो शो २०२६’ सुरु

काठमाडौं– चितवनको भरतपुरमा दोस्रो संस्करणको ‘चितवन अटो शो २०२६’ बिहीबारबाट