राजेन्द्र महतोद्वारा राष्ट्रिय मुक्ति क्रान्ति नेपाल पार्टीको घोषणा « Khabarhub

राजेन्द्र महतोद्वारा राष्ट्रिय मुक्ति क्रान्ति नेपाल पार्टीको घोषणा


१ आश्विन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


192
Shares
  • change font
  • change font
  • change font

काठमाडौं बहुलराष्ट्रिय राज्य स्थापनार्थ राष्ट्रिय मुक्ति क्रान्तिका संयोजक राजेन्द्र महतोले राष्ट्रिय मुक्ति क्रान्ति नेपाल पार्टीको घोषणा गरेका छन् । 

मंगलबारबाट काठमाडौंमा सुरु राष्ट्रिय मुक्ति क्रान्तिको राष्ट्रिय समिति बैठकमा महतोले सम्पूर्ण उत्पीडनमा परेका नागरिकको अधिकारको लडाईँका लागि राष्ट्रिय मुक्ति क्रान्ति नेपाल पाटीको जन्म भएको घोषणा गरे । 

उनले राष्ट्रिय मुक्ति क्रान्ति नेपाल पार्टीले देशमा बहुलराष्ट्रिय राज्य स्थापना गरेरै छाड्ने दावी गरे । राष्ट्रिय मुक्ति क्रान्ति नेपालले देशको विभिन्न संस्कृतिहरुको रक्षा गर्दै आर्थिक अवस्था सुधार गर्नका लागि पनि आवश्यक योजना तय गर्ने उनले बताए । 

महतोले लोकतन्त्रमा पनि आफ्नो अधिकार र पहिचान पाउन नसकेका कारण सबैलाई समेटेर राष्ट्रिय मुक्ति क्रान्ति बनाउनुपरेको धारणा राखे । अहिले पनि अधिकार प्राप्तिको लडाईँका लागि एक हुन खोज्दा राज्यले एक हुन नदिएको उनको भनाइ छ । 

तीन दिन सम्म चल्ने बैठकमा आगामी रणनीति तथा पार्टी निर्माण, समसामयिक राजनीतिक अवस्था, राष्ट्रिय मुक्ति क्रान्ति लगायतका एजेण्डामा छलफल हुने बताइएको छ । 

प्रकाशित मिति : १ आश्विन २०८१, मंगलबार  २ : ३६ बजे

जगदुल्ला जलविद्युत् आयोजना समयमै सम्पन्न गर्न ऊर्जामन्त्री श्रेष्ठको निर्देशन

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जगदुल्ला जलविद्युत् आयोजनाको

विद्यालाई दिने जिम्मेवारीबारे अहिलेसम्म छलफल भएको छैन : पद्मा अर्याल

काठमाडौं– नेकपा एमालेकी सचिव पद्मा अर्यालले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई दिइने

ठमेलबाट नौ विदेशी नागरिक पक्राउ

काठमाडौं– ठमेल क्षेत्रमा विदेशी तथा स्वदेशी पर्यटक र सर्वसाधारण पुरुषलाई

महिला फुटबल टोलीको प्रगति प्रशंसनीय : मन्त्री पोखरेल

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले खेलकुद क्षेत्रको विकास र

योगेशसँग अझै मरेन केपी ओलीको रिस, नयाँ कार्यविभाजनमा बनाए भूमिकाविहीन

काठमाडौं- नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अझै पनि