समाचार

मधेस प्रदेश लोकसेवा आयोगको सदस्यमा सुनिल मिश्र  

By खबरहब

September 17, 2024

जनकपुरधाम– मधेस प्रदेश लोकसेवा आयोगको सदस्यमा सुनिलकुमार मिश्र नियुक्त भएका छन् ।

प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले प्रदेश लोक सेवा आयोग ऐन, २०७६ को परिच्छेद २, दफा ३ को उपदफा (२) बमोजिम गठित समितिको सिफारिसअनुसार बाराको सिमरौनगढ नगरपालिका–७ का मिश्रलाई प्रदेश लोक सेवा आयोगको सदस्य पदमा नियुक्त गरेकी हुन् ।

तीन सदस्यीय रहेको मधेस प्रदेश लोकसेवामा एकजना सदस्य पद रिक्त रहेको थियो । सदस्यको पदपूर्ति भएसँगै मधेस प्रदेश लोकसेवा आयोगले पूर्णता पाएको छ ।