अनुसन्धान र नवप्रवर्तनका लागि एक अर्बको कोष स्थापना गरिने  « Khabarhub

अनुसन्धान र नवप्रवर्तनका लागि एक अर्बको कोष स्थापना गरिने 


१ आश्विन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं नेपाल सरकार  शिक्षा ,विज्ञान तथा प्रविधि मन्त्रालयको आयोजनामा १२ औँ राष्ट्रिय विज्ञान दिवस मनाइएको छ।  

 कार्यक्रमको उद्‌घाटन गर्दै शिक्षा ,विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले  वर्तमान युग विज्ञान प्रविधिको युग भएकाले  युगको महिमा कायम गर्न नेपालका समस्त वैज्ञानिकले आधुनिक प्रविधि र रैथाने प्रविधिलाई एकसाथ प्रबर्द्धन  गरी  राष्ट्रिय उत्पादन बढाउनु तथा विद्यार्थीलगायत  सबैमा डिजिटल साक्षरता विकास गर्नु आवश्यक भएको बताइन् । 

उनले अनुसन्धानलाई उत्पादनसँग जोडी विज्ञान प्रविधिको माध्यमबाट दिगो पूर्वाधारको विकास गरेर विज्ञान प्रविधि तथा नवप्रवर्तनलाई समुदाय र समाजको अङ्ग बनाउन सके विज्ञान दिवस मनाउनुको सार्थकता पुष्टि हुने बताइन् ।

 विज्ञान तथा प्रविधिको अनुसन्धान तथा नवप्रवर्तनका लागि विशेष कोषको स्थापना गरी सञ्चालन गर्न देशको बजेटको दुई प्रतिशत रकम छुट्याउने नीति रहेको  चर्चा गर्दै वार्षिक पुँजीगत बजेटको एक प्रतिशत रकम अनुसन्धान र विकासका लागि छुट्याएर एक अर्बको अनुसन्धान र विकास कोष स्थापना गरिने उल्लेख गरिन् ।  

अब विश्वविद्यालय एवम् निजी तथा सरकारी अनुसन्धान संस्थामा भएका अनुसन्धानका उपलब्धिलाई व्यावसायिकरणका लागि सहजता प्रदान गर्न तथा उद्योग र पूर्वाधार क्षेत्रमा रहेका समस्याको समाधानका विषयमा अनुसन्धान गर्न एकेडेमिया–निजी क्षेत्रको इन्टरफेसको रूपमा कार्य गर्न अनुरोध गरिन्  ।

 कार्यक्रममा विश्वविद्यालयका उपकुलपतिहरू, विभिन्न मन्त्रालय र आयोगका सचिव तथा अन्य कर्मचारीहरू, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानका उपकुलपति, सचिव तथा अन्य कर्मचारीहरू, प्राध्यापक, अनुसन्धानकर्ता, विज्ञान तथा प्रविधिसँग सम्बन्धित विभिन्न सङ्घ संस्थाका प्रमुख एवम् प्रतिनिधि, युवा वैज्ञानिक, विद्यार्थी, पत्रकार लगायतको सहभागिता थियो ।

प्रकाशित मिति : १ आश्विन २०८१, मंगलबार  ६ : ३५ बजे

स्विट्जरल्यान्डलाई हराउँदै अर्जेन्टिना विश्वकपको सेमिफाइलनमा

काठमाडौँ – फिफा विश्वकपमा स्विट्जरल्यान्डलाई हराउँदै अर्जेन्टिना सेमिफाइलनमा पुगेको छ

किसानलाई अनुदानमा कृषि सामग्री वितरण

नवलपरासी– नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको देवचुली नगरपालिकाले यहाँका किसानलाई ९२

अर्जेन्टिना र स्विट्जरल्यान्डको खेल अतिरिक्त समयमा धकेलियो

काठमाडौँ – फिफा विश्वकपको रोमाञ्चक क्वार्टरफाइनलमा निर्धारित समयमा १–१ को

विश्वकप : अर्जेन्टिनाविरुद्ध १० खेलाडीमा समेटियो स्विट्जरल्यान्ड, खेल १–१ को बराबरीमा

काठमाडौँ – फिफा विश्वकपको रोमाञ्चक क्वार्टरफाइनल खेलमा अर्जेन्टिना र स्विट्जरल्यान्डको

वनफूलले सिँगारिएको ढोरपाटन

बागलुङ– समथर मैदानमा फूलेका थरिथरिका फूल । कतै राता, कतै