समाचार

आजका समाचा : राजेन्द्र महतोको ‘राष्ट्रिय मुक्ति क्रान्ति नेपाल’ पार्टी घोषणादेखि इन्द्रजात्रासम्म

By खबरहब

September 17, 2024

समृद्ध मुलुक निर्माणका लागि प्रविधिको उपयोग अपरिहार्य : प्रधानमन्त्री प्रधानमन्त्री केपी शर्मा ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न विज्ञान तथा प्रविधि क्षेत्रको भूमिका महत्वपूर्ण हुने बताएका छन् ।

बाह्रौँ राष्ट्रिय विज्ञान दिवसका अवसरमा मंगलबार जारी गरेको शुभकामना सन्देशमा उनले विज्ञानको संसारमा हाम्रो आफ्नै वैज्ञानिक खोज परम्परालाई पुनर्जागृत गर्नुपर्नेमा जोड दिएका छन् ।

‘पूर्वीय दर्शनले सयौँ वर्षअघिदेखि कसरी वैज्ञानिक खोजलाई आफूमा समाहित गरेको थियो भन्ने प्रमाण हाम्रा शास्त्र र ग्रन्थहरूमा प्रष्ट छन् । हाम्रो शिक्षा प्रणाली परापूर्वकालमा असाधारण र विज्ञान प्रवर्तक थियो । समयक्रममा हामीले आफ्नो ढङ्गले यसलाई विकास गरेर जान सकेनौँ’, सन्देशमा भनिएको छ, ‘बाँकी संसारले ज्ञानको उज्यालोसँग साक्षात्कार गर्न नपाएको युगमा पनि विज्ञानका युगान्तकारी सिद्धान्त हाम्रो शिक्षा, शैक्षिक प्रणाली र मौलिक परम्परामा समेटिएका थिए । खगोलशास्त्र, भूगोलशास्त्र, औषधि विज्ञान, जीव विज्ञानको क्षेत्रमा हेर्दा हामी उहिल्यै अगाडि थियौँ । अब फेरि हाम्रो आफ्नै वैज्ञानिक खोज परम्परालाई पनि पुनर्जागृत गर्नुपर्नेछ ।’

व्यवस्थासँगै अवस्थामा पनि परिवर्तन भइरहेको छ : उपप्रधानमन्त्री सिंह

संसद्को हिउँदे अधिवेशनबाट विभिन्न ऐनहरू संशोधन हुनेछन् : मन्त्री पाण्डे

बनिसकेका प्रदेश संरचना हटाउन सकिँदैन : सभापति देउवा

रविलक्षित कमल थापाको टिप्पणी- ‘क्लिन चिट’ पायो होइन, कारवाही सिफारिस भयो!

प्रविधि, पूर्वाधार र जनशक्तिमा लगानी वृद्धि गरिने छ : मन्त्री अधिकारी

सत्य, तथ्य सूचना सम्प्रेषण गर्न राष्ट्रपतिको आग्रह

उपसभामुख राना रूस प्रस्थान

राजेन्द्र महतोद्वारा राष्ट्रिय मुक्ति क्रान्ति नेपाल पार्टीको घोषणा बहुलराष्ट्रिय राज्य स्थापनार्थ राष्ट्रिय मुक्ति क्रान्तिका संयोजक राजेन्द्र महतोले राष्ट्रिय मुक्ति क्रान्ति नेपाल पार्टीको घोषणा गरेका छन् ।

मंगलबारबाट काठमाडौंमा सुरु राष्ट्रिय मुक्ति क्रान्तिको राष्ट्रिय समिति बैठकमा महतोले सम्पूर्ण उत्पीडनमा परेका नागरिकको अधिकारको लडाईँका लागि राष्ट्रिय मुक्ति क्रान्ति नेपाल पाटीको जन्म भएको घोषणा गरे ।

उनले राष्ट्रिय मुक्ति क्रान्ति नेपाल पार्टीले देशमा बहुलराष्ट्रिय राज्य स्थापना गरेरै छाड्ने दावी गरे । राष्ट्रिय मुक्ति क्रान्ति नेपालले देशको विभिन्न संस्कृतिहरुको रक्षा गर्दै आर्थिक अवस्था सुधार गर्नका लागि पनि आवश्यक योजना तय गर्ने उनले बताए ।

प्रत्यक्ष निर्वाचन प्रणाली लागु गर्दै रास्वपा

बागमती प्रदेशलाई खेलकुदमैत्री प्रदेश बनाउन प्रतिबद्ध : मुख्यमन्त्री लामा

जनसहभागिताबिना मुलुक सफल हुन सक्दैन : मुख्यमन्त्री पाण्डे

सहकारी प्रकरणमा रविको संलग्नता भेटिएकै छैन् : शिशिर खनाल

लुम्बिनी एमाले संसदीय दलका सदस्यलाई आचारसंहिता

मधेस प्रदेश लोकसेवा आयोगको सदस्यमा सुनिल मिश्र

बीपी क्यान्सर अस्पताल र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच सम्झौता चितवनस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच क्यान्सर उपचार सेवा विस्तारसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलको उपस्थितिमा पोखरामा आज आयोजित कार्यक्रममा बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा। शिवजी पौडेल र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डा भरतबहादुर खत्रीले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । सम्झौताअनुसार हरेक महिना कम्तीमा एकपटक सेवा सञ्चालनका साथै बहिरङ्ग, अन्तरङ्ग सेवा प्रदान गर्नुपर्नेछ ।

त्यस अवसरमा मन्त्री पौडेलले उपलव्ध स्रोत–साधनको अधिकतम उपयोग गरी सेवा विस्तारको योजना कार्यान्वयन भएको बताउँदै सेवाका आधारमा स्वास्थ्य संस्थाको वर्गीकरण हुनुपर्नेमा जोड दिए। स्वास्थ्य बीमालाई योगदानमा आधारित बनाउनुपर्ने बताउँदै दुवै अस्पतालका पूर्वाधार निर्माणमा सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले खरिद प्रक्रियालाई पारदर्शी बनाउन आफू लागिपरेको बताए ।

सातवटै प्रदेशमा क्यान्सर उपचार सेवा विस्तार

गोँगबु बसपार्कलाई प्रविधिमैत्री बनाइने

साझा प्रकाशनमा १५ दिने विशेष पुस्तक प्रदर्शनी

मालढुङ्गा–बेनी खण्ड मर्मत सुरु

मनकामना केबलकार आजदेखि ‘डिजिटल’ प्रविधिमा सञ्चालन हुने

राष्ट्रपति पौडेलले गरे इन्द्रजात्रा अवलोकन राष्ट्रपति रामचन्द्र पौडेलले इन्द्रजात्रा अवलोकन गरेका छन् । सांस्कृतिक एवं ऐतिहासिक पर्व इन्द्रजात्राका अवसरमा राष्ट्रपति पौडेल जुद्ध सालिकदेखि पैदल हनुमानढोका दरबार क्षेत्रस्थित गद्दी बैठक गई जात्रा अवलोकन गरेका हुन् । उनलाई काठमाडौँ महानगरपालिकाका उपमेयर सुनीता डंगोलले स्वागत गरेकी थिइन् ।

जात्राका अवसरमा राष्ट्रपति पौडेलले श्रीगणेश, श्रीभैरव र श्रीकुमारीको रथमा दक्षिणा चढाई यात्रा गराउने अनुमति दिएका थिए। यसपछि श्रीगणेश, श्रीभैरव र श्रीकुमारीको रथयात्रा गरिएको थियो । भाद्र शुक्ल द्वादशीका दिन मङ्गलबार बिहान हनुमानढोका दरबार क्षेत्रमा इन्द्रध्वजोत्थान गरी सुरु भएको इन्द्रजात्राको आज मुख्य दिन हो ।

वसन्तपुरमा इन्द्रजात्राको रौनक (तस्बिरहरु)

इन्द्रजात्राका लागि बसन्तपुरमा सुरक्षा व्यवस्था (तस्बिरहरु)

बालेनको फोटो अंकित टिशर्ट लगाएर इन्द्रजात्रामा गएकालाई प्रहरीले हटायो

आज इन्द्रजात्रा पर्व मनाईँदै, राष्ट्रपतिले अवलोकन गर्ने

मौलिक पर्वले संस्कृतिको जगेर्ना गर्छ : राष्ट्रपति

अमेरिका प्रवेश गर्न चाहने चिनियाँ अवैध आप्रवासीको सङ्ख्या बढ्दो अमेरिका प्रवेश गर्न चाहने चिनियाँ अवैध आप्रवासीको सङ्ख्या बढ्दै गएको पाइएको छ । पछिल्लो १८ महिनामा मात्रै अमेरिकी सीमाबाट ५५ हजारभन्दा धेरै अवैध चिनियाँ आप्रवासी पक्राउ परिसकेका छन् । गत डिसेम्बर महिनामा मात्रै ६ हजारभन्दा धेरै अवैध चिनियाँ आप्रवासीलाई अमेरिकी सीमा प्रहरीले पक्राउ गरेको छ ।

चिनियाँ राष्ट्रपति सी जिन्पिङले मुलुकमा कठोर शासन चलाइरहेकाले त्यहाँबाट मानिसहरू पलायन भएको हुनसक्ने आँकलन गरिएको छ ।

विश्वको दोस्रो धेरै जनसङ्ख्या रहेको चीनबाट ठूलो सङ्ख्यामा मानिसहरू अमेरिका प्रवेश गर्दा त्यसले अमेरिकी समाज र अर्थतन्त्रमा निम्त्याउने जोखिमप्रति विज्ञहरूले चिन्ता व्यक्त गरेका छन् । युरोपियन टाइम्सका अनुसार चीनमा हाल बेरोजगारी दरमा पनि वृद्धि भइरहेको छ ।

चीनमा पृथकतावादको अभियोगमा ताइवानी नागरिकलाई जेल सजाय

भारत र अमेरिकी सेनाबीच संयुक्त सैन्य अभ्यास

एक हप्तापछि मणिपुरमा विद्यालय तथा इन्टरनेट सेवा सुरु

नाइजेरियामा बाढीका कारण चार लाख प्रभावित : राष्ट्रसङ्घ

मेटाले लगायो रूसी सञ्चारमाध्यमलाई विश्वव्यापी रुपमा प्रतिबन्ध

कुनै समय ट्रम्पकै मतदाता थिए गोली काण्डका आरोपी राउथ