चीनमा पृथकतावादको अभियोगमा ताइवानी नागरिकलाई जेल सजाय | Khabarhub Khabarhub

चीनमा पृथकतावादको अभियोगमा ताइवानी नागरिकलाई जेल सजाय


१ आश्विन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– चीनमा एक जना ताइवानी राजनीतिक अभियन्तालाई पृथकतावादी गतिविधि गरेको भन्दै ९ वर्षको जेल सजाय सुनाइएको छ । चीनको वेनझोउमा रहेको अदालतले ताइवानी अभियन्ता याङ चि युवानलाई यस्तो सजाय दिएको ताइवानको मुख्यभूमि मामिला परिषदले जनाएको छ ।

यस्तो सजाय सुनाइएसँगै ताइवानले आफ्ना नागरिकलाई चीनको भ्रमण गर्दा जोखिम हुनसक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ । परिषदकी उपमन्त्री लियाङ वेन चीले ताइवानका जनतालाई डर देखाउनका लागि चीनको कम्युनिष्ट पार्टीले यस्तो सजाय सुनाएको उल्लेख गरेका छन् ।

परिषदका अनुसार पृथकतावादको आरोपमा ताइवानी नागरिकलाई जेल सजाय सुनाइएको यो पहिलो घटना हो । हालैका वर्षहरूमा चीनले सिन्जियाङ प्रान्तका उइग्युर मुसलमान समुदायका व्यक्तिविरुद्ध यस्तो अभियोग चलाउँदै आएको थियो ।

केही महिनाअघि लाई चिङ तेले ताइवानको राष्ट्रपतिको जिम्मेवारी सम्हालेयता चीन र ताइवानबीच तिक्तता बढेर गएको ठानिन्छ । चीनले ताइवानलाई आफ्नै मुलुकको एक हिस्सा मान्दै आएको छ । आवश्यक परे बल प्रयोग गरेर भएपनि ताइवानलाई गाभ्ने चीनको योजना छ ।

प्रकाशित मिति : १ आश्विन २०८१, मंगलबार  ६ : ५९ बजे

मापदण्ड विपरीत बिक्री वितरण गरेको औषधि बरामद

काठमाडौं– प्रहरी वृत महाराजगञ्जको टोलीले मापदण्ड विपरीत बिक्री वितरण गर्ने

६ वर्षपछि इरानविरुद्ध खेल्दै नेपाल

काठमाडौं– नेपाली महिला फुटबल टोलीले आज इरानसँग मैत्रीपूर्ण फुटबल खेल्दैछ

बजार झरेका सन्तानलाई गाउँ फर्काउने बलबहादुरको जुक्ती

म्याग्दी– पूर्ण गाउँपालिका–५ शिख स्वाँतका ६८ वर्षीय बलबहादुर तिलिजा पुनलाई

गण्डकी प्रदेशमा ६५ सवारीसधान चोरी, १७ मात्र भेटिए

गलकोट– गण्डकी प्रदेशमा सवारी साधन चोरी भएका सवारी सङ्ख्याको तुलनामा

हुम्लामा बन्ने भयो ३३५ मेगावाटको जलविद्युत् आयोजना

काठमाडौं – आर्थिक विकासमा पछाडि रहेको हुम्ला जिल्लामा कूल तीन