चुनौतीपूर्ण बन्दै बाच्छा व्यवस्थापन « Khabarhub

चुनौतीपूर्ण बन्दै बाच्छा व्यवस्थापन


१ कार्तिक २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

चितवन– उन्नत जातका गाईको बाच्छा व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको छ । जन्मेपछि पालनपोषण गरेर पनि उपयोग नहुने भएपछि किसानका लागि बाच्छा व्यवस्थापन झन्झटिलो बनेको हो ।

खेतबारी जोत्न पनि उपयोगमा नआउने भएकाले कतिपयले बाच्छा जङ्गलमा लगेर छाड्ने गरेका छन् । कालिका नगरपालिकाका राधेश्याम खतिवडा घरमा पालिएको उन्नत जातको गाईको बाच्छो हिँड्डुल गर्नसक्ने भएपछि थोरै रकम दिएर पठाउने गरिएको बताउँछन्। 

उनले भने, ‘लगेका मानिसले के गर्छन् थाहा छैन, तर  पाँच सय–हजार दिएर पठाउने गर्छौँ ।’ बाच्छी मात्रै जन्मिने सिमेन (वीर्य) पाइने भएकाले त्यसतर्फ राज्यले ध्यान दिन सके यो समस्या हट्ने उनको भनाइ छ ।

चितवन जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घका अध्यक्ष किशोर बगाले उन्नत जातका गाई पाल्ने सबैका लागि यो जटिल समस्याका रुपमा रहेको बताउँछन्। आफूले तीनवटा बहर पालिरहेको बताउँदै उनले भने, ‘त्यत्तिकै पठाउन सकिँदैन, पालेर पनि प्रतिफल पाइँदैन ।’

भर्खर जन्मिएका बाच्छालाई २० दिनदेखि एक महिनाभित्रमा नाम्ले जुकाको औषधि खुवाउने गरिन्छ । कतिपयले त्यो औषधि नखुवाएर बाच्छाको ज्यान जाने गरेको उनको भनाइ छ । उनले थपे, ‘किसानका लागि उन्नत जातका गाईको बाच्छो निकै जटिल छ ।’

पशु सेवा कार्यालय चितवनका प्रमुख सुशील केसी बाच्छी मात्रै जन्माउनका लागि ‘सेक्सड् सिमेन’ प्रयोग गर्नुपर्ने भए पनि यो महँगो र सहज उपलब्ध नहुने भएकाले कम प्रयोग गरिने बताउँछन्। एउटा गाईलाई एक पटकमा रु एक हजार दुई सय हाराहारी खर्च गरेर बाच्छी जन्माउन सकिने उनको भनाइ छ । यद्यपि गर्भधारणको प्रतिशत कम हुने उनले बताए।

सामान्यतया नेपालमा उत्पादन गरिएको उन्नत जातको सिमेन ३० मा पाइने भएकाले यसैलाई अधिकांश गाईपालक किसानले प्रयोग गर्दै आएका छन् । यसबाट बाच्छा वा बाच्छी जुनसुकै जन्मिन सक्छ । जिल्लामा एक लाख बढी उन्नत जातका गाईपालन भइरहेको छ । 

मधेस प्रदेशका कृषि सचिव डा शरण पाण्डेले प्राकृतिक नियम विपरीत बाच्छी मात्रै जन्माउने सिमेन प्रयोग गर्न नहुने लगाए। बाच्छा–बाच्छी र गाई विदेश निर्यात गर्नुपर्ने उनको भनाइ छ । सरकारले नीतिगत निर्णय गरेर भारत र बङ्गलादेश पठाउन सके किसानलाई लाभ हुने उनले बताए।

प्रकाशित मिति : १ कार्तिक २०८१, बिहीबार  २ : २८ बजे

पूर्वाधार विकासमा फड्को मार्न एकीकृत ‘छाता कानुन’ र ७ प्रतिशतको आर्थिक वृद्धि : मेरो कार्यदिशा

म अर्थमन्त्रीको जिम्मेवारीमा आएको आधा घण्टाभित्रै १५ वटा पुराना ऐनहरू

लोकप्रियताको शिखर चढिरहेकी आरती

काठमाडौं- कर्णाली प्रदेशको दुर्गम जिल्ला हुम्लाबाट मोडलिङ तथा कलाकारितालाई आफ्नो

मतदाता सूची विवादमा कक्रोच आन्दोलन

नयाँदिल्ली– भारतको ‘कक्रोच’ युवा आन्दोलनले विवादास्पद मतदाता सूची संशोधनको विरोध

न्याय सेवा आयोगले गर्‍यो ५२ कर्मचारीको सरुवा तथा पदस्थापन

काठमाडौं– न्याय सेवा आयोगले नेपाल न्याय सेवाका विभिन्न श्रेणीका अधिकृत

जटिल प्रसूति समस्या भएकी महिलाको हवाई उद्धार

काठमाडौं– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा