लेबनानमाथि इजरायली आक्रमणको विरोध गर्दै माइतीघरमा प्रदर्शन « Khabarhub

लेबनानमाथि इजरायली आक्रमणको विरोध गर्दै माइतीघरमा प्रदर्शन


१ कार्तिक २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौं प्यालेस्टाइन र लेबनानमाथि इजरायलले गरेको आक्रमणको विरोध गर्दै अनेरास्ववियु क्रान्तिकारीले प्रदर्शन गरेको छ ।

बिहीबार काठमाडौंको माइतीघरमा अनेरास्ववियु क्रान्तिकारी क्याम्पस जिल्ला समितिले प्यालेस्टिनी र लेबनानी सर्वसाधारणमाथिको आक्रमण रोक्नुपर्ने भन्दै विरोध प्रदर्शन गरेको हो । सबै नागरिकको मानवअधिकारको सम्मान हुनुपर्ने संगठनले जनाएको छ ।

विरोध प्रदर्शनका क्रममा अनेरास्ववियु क्रान्तिकारीका पूर्वउपाध्यक्ष केशव रावलले लेबनान र प्यालेस्टाइनका जनताप्रति इजरायलले बर्बरतापूर्ण आक्रमण गरेको भन्दै निन्दा गरे । उनले युद्धग्रस्त क्षेत्रमा रहेका नेपालीलाई सुरक्षित रुपमा स्वदेश फर्काउनका लागि सरकार गम्भीर हुनुपर्ने उल्लेख गरे ।

उनले अनेरास्ववियु क्रान्तिकारी सबै प्रकारको दमनको विरोधमा रहेको स्पष्ट पारे । संगठनले विपिन जोशीको रिहाइका लागि गम्भीरतापूर्वक पहल गर्न पनि सरकारको ध्यानाकर्षण गराएको छ । 

प्रकाशित मिति : १ कार्तिक २०८१, बिहीबार  ४ : ०७ बजे

एमाले पुनर्गठन कार्यदलको प्रतिवेदन लेखनको जिम्मा बादल र शंकर पोखरेललाई

काठमाडौं – नेकपा एमालेको पार्टी शुद्धीकरण, सुदृढीकरण, रूपान्तरण तथा पुनर्गठन

देउवा समूहले बोलायो पूर्वपदाधिकारीको बैठक

काठमाडौं – नेपाली कांग्रेसको पार्टीका निवर्तमान सभापति शेरबहादुर देउवा निकट

बुशेहर परमाणु केन्द्र नजिक अमेरिकाले हमला गरेको इरानको आरोप

काठमाडौं – मध्यपूर्वमा अमेरिका र इरानबीचको तनाव थप चर्किएको छ

व्यावसायिक तरकारीखेतीबाट आत्मनिर्भर बन्दै चन्द्रपुरका महिला

रौतहट – रौतहटको चन्द्रपुर नगरपालिका–७ वनबहुअरीकी दुखनी थरुनीलाई हिजोआज तरकारी

विश्वकप क्वार्टरफाइनलमा मोरक्को र फ्रान्स भिड्दै

काठमाडौं- फिफा विश्वकप २०२६ को क्वार्टरफाइनल चरण आज रातिदेखि सुरु