बाढी र पहिरोपीडितलाई नि:शुल्क स्वास्थ्य बीमा « Khabarhub

बाढी र पहिरोपीडितलाई नि:शुल्क स्वास्थ्य बीमा


१ कार्तिक २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले विपद्का कारण घाइते भएका र मृत्यु भएका व्यक्तिहरूका परिवारका एकजना सदस्यलाई नि:शुल्क स्वास्थ्य बीमा गराउने निर्णय गरेको छ । 

आजको बसेको विपद व्यवस्थापनको बैठकमा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले पेश गेरको उक्त प्रस्तावलाई समितिको बैठकले स्वीकृत गरेको हो ।

प्रस्तावस्वीकृत भएसँगै विपदमा परेका परिवारका सदस्यले एक वर्षको निशुल्क बीमाको सेवासुविधा प्राप्त गर्नेछन् ।

बिहीबार बसेको समितिको सो बैठकले यस वर्षको जेठ २८ देखि असोज २६ गतेसम्मको अवधिमा विपदका कारण मृत्यु भएका व्यक्तिहरूका परिवारका एक सदस्यलाई बीमा गर्ने निर्णय गरेको हो । 

उक्त निर्णयसँगै सम्भावित यस्तै प्रकारका विपदका घटनामा सरकारले आगामी दिनमा समेत निशुल्क बीमा गर्ने निर्णय गरेको छ । 

बैठकमा, विपद व्यवस्थापनका लागि विभिन्न पहलहरू र भविष्यका योजनाबारे पनि छलफल गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्रकाश बुढाथोकीले बताएका छन् ।

प्रकाशित मिति : १ कार्तिक २०८१, बिहीबार  ७ : ४९ बजे

स्रोत नखुलेको नगदसहित एकजना पक्राउ

कैलाली– टिकापुर नगरपालिका-९ खक्रौलाबाट स्रोत नखुलेको नगद ६ लाख रूपैयाँसहित भारत लखिमपुर

करिब १ सय २१ किलो चरेससहित दुईजना पक्राउ

मकवानपुर– थाहा नगरपालिका-१० टौखेलबाट अवैध लागूऔषध चरेस जस्तो देखिने पदार्थ करिब १

सबै समुदायको समन्वयले मात्र राष्ट्रिय एकता सम्भव : प्रदेश प्रमुख खापुङ

काठमाडौं– कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले सबै जातजाति र

चुनावमा दलित किन फेरि किनारामा ?

काठमाडौं– नेपालको कूल जनसङ्ख्यामा दलित समुदायको हिस्सा करिब १३ प्रतिशत