ट्रम्प निर्वाचित भएपछि युद्ध अन्त्य हुने जेलेन्सकीको विश्वास « Khabarhub

ट्रम्प निर्वाचित भएपछि युद्ध अन्त्य हुने जेलेन्सकीको विश्वास


२ मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


183
Shares
  • change font
  • change font
  • change font

युक्रेन – युक्रेनी राष्ट्रपति भालाडोमिर जेलेन्सकीले डोनाल्ड ट्रम्प अमेरिकाको राष्ट्रपति पदमा निर्वाचित भएपछि आफ्नो देशमा जारी युद्ध अन्त्य हुने विश्वास व्यक्त गरेका छन्। उनले ट्रम्प विजयी भएपछि फोनवार्ता भएको समेत जनाए। उनले यस विषयमा ट्रम्पसँग भएको टेलिफोन वार्तामा रुसका मागका बारे कुनै कुरा नभएको तथा युक्रेनको वर्तमान पोजिसन धरमराउने कुनै विषयमा कुरा नभएको जनाए।

सन् २०२२ को फेब्रुअरीदेखि सुरु भएको रुस र युक्रेनको युद्ध तत्काल रोकिनु पर्नेमा ट्रम्पले जोड दिँदै आएका छन्। उनले युक्रेनमा लगातार सैन्य सहयोग गरी रहँदा अमेरिकाको श्रोत समेत खर्च भएको बताएका थिए। उनले निर्वाचन अभियानको क्रममा सो कुरा जोडतोडले उठाएका थिए।

युद्धको सुरुवातदेखि गएको जुन महिनासम्म अमेरिकाले सबैभन्दा धेरै सहयोग गरेको थियो। अमेरिकाले यस बिचमा ५५.५ अर्ब अमेरिकी डलर बराबरको हतियार सहयोग गरेको थियो। तर अमेरिकाका घरेलु मतदाता यस कुरामा असन्तुष्ट रहेको कुरा गएको निर्वाचनमा देखिएको थियो। खासमा रिपब्लिक मतदाता सो युद्धको अन्त्य चाहन्छन्।

तस्बिर : रोयटर्स

निर्वाचन अभियानकै क्रममा ट्रम्पले एक दिनमा युद्ध अन्त्य गर्ने घोषणा गरेका थिए। युक्रेनी सञ्चार माध्यम सूमिन्लेसँगको अन्तरवार्तामा जेलेन्सकीले निर्वाचनको समयमा गरेको प्रतिबद्धता अनुसार यो टिम युद्ध रोक्न लाग्ने नै कुरामा कुनै शंका गर्ने ठाउँ नभएको बताएका छन्।

उनले यस वर्ष युद्धको अन्त्य हुनुपर्ने युक्रेनको पनि सोच रहेको बताए। सन् २०२३ मा प्रत्याक्रमण सुरु गरेको युक्रेनले आफ्नो गुमेको भूमिका फिर्ता गर्न गरेको युक्रेनी प्रयास बारम्बार असफल भएको छ। अहिले पूर्वी क्षेत्रमा रुसी सेना हाबी भइरहेको छ।

प्रकाशित मिति : २ मंसिर २०८१, आइतबार  ६ : ३६ बजे

सशस्त्र प्रहरीका वरिष्ठ उपरीक्षकहरूको सरुवा (सूचीसहित)

काठमाडौं – नेपाल सरकारले सशस्त्र प्रहरी बल (एपीएफ) का वरिष्ठ

धनुषामा प्रतिपरिवार एक सिलिन्डर बिक्री गरिने

जनकपुरधाम – धनुषा जिल्लामा खाना पकाउने एलपिजी ग्यासको सम्भावित अभावलाई

२५ वर्षपछि यसरी नाफामा फर्कियो नेपाल औषधि लिमिटेड

काठमाडाैं – एकदशक अगाडिसम्म कर्मचारीको तलब दिन नसक्ने अवस्थामा पुगेको

करिब ६४७ किलो गाँजासहित दुई जना पक्राउ

काठमाडौं – धनकुटाको साँगुरीगढी गाउँपालिका-६ भेडेटार चोकबाट अवैध लागुऔषध गाँजा

जेनजी आन्दोलनका घाइतेका लागि सरकारले आवश्यक समन्वय गरिरहेको छ : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले जेनजी आन्दोलनका घाइतेको प्रभावकारीका लागि