सकियो उग्रतारा मेला, देउवा दम्पती सहभागी « Khabarhub

सकियो उग्रतारा मेला, देउवा दम्पती सहभागी


२ मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

डडेल्धुरा– नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी धर्मपत्नी आरजु राणा देउवा देहिजात नामले प्रसिद्ध उग्रतारा मेलामा सहभागी भएका छन् । शुक्रबार साँझदेखि सुरु भएको मेला शनिबार साँझ सम्पन्न भएको थियो।

उग्रताराको प्रसाद ग्रहणपछि पूर्वप्रधानमन्त्री देउवाले त्यहाँस्थित वेद विद्याश्रमका निम्ति भौतिक पूर्वाधार निर्माणको प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरे ।

हरेक वर्ष कार्तिक शुक्ल पूर्णिमाको रात र प्रतिपदाका दिन उग्रतारा मेला लाग्ने गरेको छ । राति लाग्ने मेलालाई ‘रतेडी’ र प्रतिपदाको दिन लाग्ने मेलालाई ‘दिउसेडी’ भनिन्छ ।

खनमडा, छचोडा, दुमडा र जिलोडा भ्राण ९भण्डार० रहेको उग्रतारा भगवती मन्दिरमा यी चारवटै गाउँबाट रतेडी मेलामा बिहान ‘देउरो’ आएपछि दिउसेडी मेला सुरु भएको थियो ।

मेला भर्न सुदूरपश्चिम, कर्णाली प्रदेश तथा छिमेकी भारतबाट पनि श्रद्धालु आएको उग्रतारा क्षेत्र विकास समितिका अध्यक्ष तेजबहादुर साँकीले जानकारी दिए । उग्रताराको दर्शन गरेमा दैवीप्रकोप नहुने, सुखशान्ति र मनोकामना पूरा हुने जनविश्वास छ ।

प्रकाशित मिति : २ मंसिर २०८१, आइतबार  ६ : ४१ बजे

विपद्का घटनामा परी ४१५ जनाको मृत्यु, सबैभन्दा धेरै मृत्यु सर्पदंश र आगलागीका कारण

काठमाडौं– देशभर पछिल्लो ९ महिनामा विभिन्न विपद्का घटनामा परी ४१५

सुदन किराती र मेयर हर्क साम्पाङबीच भेट, निर्वाचन सहकार्यबारे छलफल

काठमाडौं– प्रगतिशील राष्ट्रिय अभियानका अध्यक्ष मण्डलका नेता सुदन किराती र

धनुषामा चार हजार ५२७ निर्वाचन प्रहरी भर्ना गरिने

धनुषा– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

गायक तथा अभिनेता प्रशान्त तामाङको निधन

काठमाडौं– गायक तथा अभिनेता प्रशान्त तामाङको निधन भएको छ ।