जसपा नेपालले कीर्तिपुरको मेयर र वडाध्यक्षमा उतार्‍यो तेस्रो लिङ्गी « Khabarhub

जसपा नेपालले कीर्तिपुरको मेयर र वडाध्यक्षमा उतार्‍यो तेस्रो लिङ्गी


२ मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


213
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-  उपेन्द्र यादव नेतृत्वको  जनता समाजवादी पार्टी (जसपा) नेपालले कीर्तिपुर नगरपालिकाको मेयर र वडा नम्बर ४ को अध्यक्षमा तेस्रो लिङ्गीलाई मैदानमा उतारेको छ ।

राजनीतिमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको समावेशिता र प्रतिनिधित्वको आवाज उठाउँदै आएको ‘मायाको पहिचान नेपाल’को पहलमा जसपा नेपालले दुई पदमा अल्पसंख्यकलाई मौका दिएको हो ।

तेस्रो लिङ्गी महिला एवम् कीर्तिपुरमा रहेको समर्पण सभ्य समाज नेपालका सचिव हनी महर्जन र स्वयंसेवी मौनी महर्जनले जसपा नेपालबाट उम्मेदवारी दर्ता गराएका हुन् ।

जसपा नेपालका उपाध्यक्ष विद्युत् बज्राचार्यले काठमाडौँ जिल्ला अध्यक्ष विक्रम पौडेल, मायाको पहिचान नेपालका सचिव सुरेन्द्र पाण्डे, नेपालमा दोस्रो पटक भएको मिस्टर गे हेन्डसमका उपाधि विजेता मनिन्द्र सिंह दनुवारलाई साक्षी राखेर उनीहरूलाई उम्मेदवार घोषणा गरेका थिए।

जसपा नेपालले उम्मेदवारको पत्र दिएसँगै मायाको पहिचान नेपालले र्‍यालीसहित दुवैजनाको उम्मेदवारी आइतबार दर्ता गराएको छ ।

यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायलाई नेतृत्व र प्रतिनिधित्व गरेर हनी र मौनीले उम्मेदवारी दिएका हुन् । हनि तेस्रो लिङ्गी पथप्रदर्शक पनि हुन्। उनी पर्यटक गाइड गर्छिन्।

कीर्तिपुरमा हनि तेस्रो लिङ्गीसँगै टुरिस्ट गाइडका रुपमा परिचित छन्। मौनी तेस्रो लिङ्गी मोडल हुन् । हनि र मौनी पहिलो पटक राजनीतिमा होमिएका हुन् ।

प्रकाशित मिति : २ मंसिर २०८१, आइतबार  १ : ४६ बजे

बाढीले उजाडियो पर्वतको फर्से बजार

गण्डकी – कालीगण्डकी नदीमा आएको बाढीले पर्वतको जलजला गाउँपालिका–८ फर्सेको

गाडी रिजर्भ गरेर बाढी हेर्न जानेको भीड (तस्बिरहरु)

काठमाडौं – कालीगण्डकी नदीमा आएको बाढी हेर्नका लागि बागलुङ बजारबाट

म्याग्दी पहिरो अपडेट : मृतकको संख्या छ पुग्यो, तीन जना बेपत्ता

म्याग्दी – म्याग्दीमा पहिरोबाट ज्यान गुमाउनेको संख्या छ जना पुगेको

काठमाडौं हिँडेका सवारीसाधन कुरिनटारमा रोकिए (तस्बिरहरू)

चितवन – अविरल वर्षाका कारण पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४

मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह

लमजुङ – मनाङको चामे गाउँपालिका–४ स्थित घट्टेखोलामा पहिरो झरिरहेको र