श्रीलंकामा कम्युनिष्ट सरकार बनेपछि एमाले खुसी, महासचिव पोखरेलले दिए बधाई « Khabarhub

श्रीलंकामा कम्युनिष्ट सरकार बनेपछि एमाले खुसी, महासचिव पोखरेलले दिए बधाई


२ मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


153
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- श्रीलङ्कामा १४ नोभेम्बरमा सम्पन्न संसदीय निर्वाचनमा कम्युनिष्ट पार्टीले ठूलो विजय प्राप्त गरेकोमा नेपालको सत्तारुढ नेकपा एमालेले खुसी प्रकट गरेको छ ।

श्रीलङ्कामा कम्युनिस्ट पार्टीले निर्वाचनमा हासिल गरेको अपूर्व सफलताप्रति खुसी प्रकट गर्दै एमालेले बधाई दिएको हो । निर्वाचनमा २ सय २५ स्थानमध्ये १ सय ५९ स्थान जितेर नेसनल पिपुल्स पावर (एनपिपी) पार्टीले दुईतिहाइ बहुमत हासिल गरेको छ ।

कुशासन, राजनीतिमा हाबी, परिवारवाद र चरम आर्थिक सङ्कटविरुद्धमा दुई वर्षअघि श्रीलङ्काली जनताले गरेको आन्दोलनका कारण सत्ता परिवर्तन भएको थियो ।

२१ सेप्टेम्बर २०२४ मा सम्पन्न राष्ट्रपतीय निर्वाचनमा एनपिपीका नेता अनुराकुमार देशनायके विजयी भएका थिए । त्यसपछि हालै सम्पन्न संसदीय निर्वाचनमा पनि उक्त पार्टीको विजयले श्रीलङ्कामा राजनीतिक स्थायित्व, आर्थिक सुधार, सामाजिक न्याय र आत्मनिर्भरता अभिवृद्धि हुने विश्वास एमाले व्यक्त गरेको छ ।

एमाले महासचिव शंकर पोखरेलले आइतबार वक्तव्य जारी गरी कम्युनिष्ट पार्टीले जनताको लोकप्रिय अभिमत र जनताको विश्वास हासिल गरेर राजनीतिक, सामाजिक र आर्थिक परिवर्तनको नेतृत्व गर्न खरो उत्रिनुपर्दछ भन्ने जननेता मदन भण्डारीद्वारा प्रतिपादित जनताको बहुदलीय जनवादको मान्यतामा दृढ विश्वास राख्दै त्यसलाई कार्यान्वयन गरिरहेको एमाले श्रीलङ्कामा कम्युनिष्ट पार्टीले जित निकालेकोमा खुसी भएको उल्लेख गरेका छन् ।

प्रकाशित मिति : २ मंसिर २०८१, आइतबार  २ : ४६ बजे

आदिवासी जनजाति ‘पैसामा बिक्ने र किन्न सकिने’ भनेपछि विवादमा सोविता

चितवन- नेपाल आदिवासी जनजाति महासंघ जिल्ला परिषद् सचिवालय, चितवनले राष्ट्रिय

दक्षता अभिवृद्धि गर्न ६ विधामा तालिम बोर्ड, आवेदन खुला

काठमाडौं – चलचित्र विकास बोर्डले ‘चलचित्रकर्मी दक्षता अभिवृद्धि वर्ष– २०८२’

निर्वाचनका लागि मोरङमा तयारी पूरा

काठमाडौं– फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि सम्पूर्ण तयारी

मौनअवधिको मध्यराति काठमाडौंमै गाडीमा आगजनी (तस्बिरहरू)

काठमाडौं– प्रतिनिधिसभा निर्वाचनको मौनअवधि सुरू भएकोसँगै राजधानी काठमाडौंको  दुई स्थानमा आज बिहान दुई वटा गाडीमा

कास्कीका सबै मतदान केन्द्रमा पुग्यो निर्वाचन सामग्री

कास्की– यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि