५ अंकले बढ्यो नेप्से, ११ अर्ब बढीको कारोबार  « Khabarhub

५ अंकले बढ्यो नेप्से, ११ अर्ब बढीको कारोबार 


२ मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) झिनो अंकले बढेर बन्द भएको छ । आइतबार ४.९८ अंकले नेप्से बढेर २७५३.७६ विन्दुमा पुगेको छ ।

नेप्से झिनो अंकले बढ्दा ११ अर्ब ७२ करोड ६७ लाख ५६ हजार रुपैयाँ बराबरको २ करोड ४४ लाख २६ हजार ९०० कित्ता शेयर कारोबार भएको छ ।

आज १४५ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने ९२ वटा कम्पनीको शेयर मूल्य घटेको छ । ५ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।

आज ३२६ वटा कम्पनी कारोबारमा आउँदा १ लाख १३ हजार २५२ पटक शेयर किनबेच भएको छ ।

आज ५ वटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने २ वटा कम्पनीको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

आज १३ वटा समूहमध्ये ४ वटा समूह घटेको छ भने बाँकी ९ वटा समूह बढेको छ ।  सबैभन्दा बढी होटल एण्ड पर्यटन २.२१ प्रतिशतले बढेर ७ हजार ७२.०६ विन्दुमा पुगेको छ ।

त्यस्तै, विकास बैंक ०.६२ प्रतिशतले, हाइड्रोपावर ०.८५ प्रतिशतले, लगानी ०.१७ प्रतिशतले, जीवन बीमा ०.२१ प्रतिशतले, लघुवित्त १.२८ प्रतिशतले, म्युचुलअ फण्ड ०.२९ प्रतिशतले, अन्य समूह ०.११ प्रतिशतले र ट्रेडिङ समूह ०.२४ प्रतिशतले बढेको छ ।

आज सबैभन्दा बढी फाइनान्स समूह १.६३ प्रतिशतले घटेर ३ हजार ७००.३१ विन्दुमा पुगेको छ ।

साथै, विकास बैंक ०.२१ प्रतिशतले, उत्पादन तथा प्रशोधन १.१३ प्रतिशतले र निजीवन बीमा ०.६९ प्रतिशतले घटेको छ ।

प्रकाशित मिति : २ मंसिर २०८१, आइतबार  ३ : १३ बजे

एमालेले आज काठमाडौंमा जनप्रदर्शन र सभा गर्दै

काठमाडौं– नेकपा एमालेले आज काठमाडौंमा जनप्रदर्शन र जनसभा गर्ने भएको

आईसीसी महिला टी–२० : थाइल्याण्डविरुद्ध नेपाल ब्याटिङमा

काठमाडौं– आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटमा नेपाल र थाइल्याण्ड

पार्टीको आधिकारिकता दाबी गर्दै कांग्रेसको देउवा समूह आज सर्वोच्च जाँदै

काठमाडौं– नेपाली कांग्रेसको शेरबहादुर देउवा समूह पार्टीको आधिकारिकता दाबीका लागि

तन्नेरीको काँधमा कांग्रेस

आम नेपाली जनताले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई राम्रै भनेका थिए ।

काठमाडौंको मेयरबाट राजीनामा दिँदै बालेन : आजै रास्वपा बैठकमा सहभागी हुने

काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले आज पदबाट