रास्वपाले भन्यो- हामी बीआरआईको विपक्षमा छैनौँ, तर सरकारले छलफल गरोस् | Khabarhub Khabarhub

रास्वपाले भन्यो- हामी बीआरआईको विपक्षमा छैनौँ, तर सरकारले छलफल गरोस्


२ मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


330
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा. स्वर्णिम वाग्लेले आफूहरू चीनले अघि सारेको बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई) कै पक्षमा रहेको बताएका छन् ।

पार्टी कार्यलयमा च:मतीमा भएको पत्रकार सम्मेलनमा उनले बीआरआईबारे स्पष्ट निर्णय आउनुपर्ने बताएका छन् । वाग्लेले चीन र नेपाल दुवैतिरबाट स्पष्ट धारणा आइसकेपछि औपचारिक रुपमा बोल्ने पनि बताए ।

वाग्लेले बीआरआईको स्पष्ट खाका पहिले आउनुपर्नेमा जोड दिएका छन् ।

आगामी मंसिर १७ गते चीन भ्रमणमा जान लागेका प्रधानमन्त्री केपी शर्मा ओलीले बीआरआईबारे छलफल गर्ने चर्चाबीच वाग्लेलाई पत्रकारले यसबारे सोधेका थिए ।

‘हामी विपक्षमा छैनौँ । तर यसमा स्पष्टता चाहन्छौँ । तर अनुदान र ऋण के हो स्पष्ट धारणा आउनुपर्छ । बीआरआईबारे नेपालको धारणा हामीले थाहा पाउनुपर्छ’, उनले भने, ‘प्रधानमन्त्री ओलीले छलफलको प्रस्ताव ल्याउनु भएको छैन । हामी स्पष्ट धारणा कुरिरहेका छौँ । अनुदान र ऋण अन्तर्राष्ट्रिय रूपमा आएको छ । त्यसमा नेपालको ५०, ६० वर्षको अनुभव छ । यसबारे स्पष्ट धारणा आउनुपर्छ । बीआरआईको टीओआर के हो, थाहा हुनुपर्छ ।’

उनले देशको चौथो ठूलो दललाई सरकारले बीआरआईबारे स्पष्ट धारणा बताउनुपर्नेमा पनि जोड दिएका छन् ।

प्रकाशित मिति : २ मंसिर २०८१, आइतबार  ४ : ३५ बजे

भारतविरुद्ध इंग्ल्यान्डको रोमाञ्चक जित, सिरिजमा २–१ को अग्रता

लन्डन– भारतविरुद्धको टेस्ट सिरिजमा इंग्ल्यान्डले दोस्रो जित निकालेको छ ।

पाकिस्तानमा मनसुनको प्रकोपः १११ जनाको मृत्यु, थप वर्षाको चेतावनी

इस्लामाबाद – पाकिस्तानमा जून अन्त्यदेखि सुरु भएको मनसुन वर्षाले अहिलेसम्म

बबई नदीमा नुहाउने क्रममा बेपत्ता भएका दुई जनाको शव भेटियो

दाङ – बबई नदीमा नुहाउने क्रममा आज दिउँसो डुबेर बेपत्ता

माडीमा रेबिजको सङ्क्रमण बढ्दो

चितवन – चितवन को माडी नगरपालिकामा रेबिजको सङ्क्रमण बढेको छ

बीमा प्राधिकरणका अध्यक्ष ओझा निलम्बित, छानबिन गर्न समिति गठन

काठमाडौं – बिमा प्राधिकरणका अध्यक्ष शरद ओझा पदबाट निलम्बित भएका