रास्वपाको जिकिर- सहकारीबाट हराएको ८८ अर्ब जुत्ता पालिस गर्ने र मकै पोल्नेको होइन « Khabarhub

रास्वपाको जिकिर- सहकारीबाट हराएको ८८ अर्ब जुत्ता पालिस गर्ने र मकै पोल्नेको होइन


२ मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


426
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले देशभरका सहकाी संस्थाहरूबाट हरएको भनिएको ८८ अर्ब रुपैयाँका नाममा ‘इमोशनल ब्ल्याकमेलिङ’गरिएको बताएका छन् ।

आइतबार काठमाडौंमा पत्रकार सम्मेलनग गर्दै पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाले मकै पोल्ने र जुत्ता पालिस गर्नेको ८८ अर्ब रुपैयाँ सहकारीबाट अपचलन भएको भनेर ‘इमोशनल ब्ल्याकमेलिङ’ गरिएको जिकिर गरेका हुन् ।

सहकारी ठगीसम्बन्धी छानबिनका लागि नेकपा एमालेका सांसद सूर्यबहादुर थापा क्षत्री संयोजकत्वमा बनेको संसदीय छानविन विशेष समितिले प्रतिवेदनमा औंल्याएको ८८ अर्ब रुपैयाँ हिनामिनाबारे रास्वपाले नयाँ जिकिर गरेको हो ।

झाले सहकारीबाट हराएको भनिएको ८८ अर्बमध्ये ८५ अर्ब रुपैयाँ राजनीतिक नेताहरूले गरेको भ्रष्टाचारबाट आएको दाबी गरेका छन् । उनले एक-दुई अर्ब रुपैयाँ मकै पोल्ने र जुत्ता पालिस गर्नेको पनि हुनसक्ने बताउँदै बाँकी भ्रष्टाचारबाट आएको जिकिर गरेका हुन् ।

‘सहकारीको ८७ अर्ब रुपैयाँ अपचलन भएको भन्ने छ । तपाईंहरूलाई लाग्छ कि त्यो सबै मकै पोल्ने र जुत्ता पालिस गर्नेको पैसा हो ? होइन नि,’ झाले भने, ‘त्यो त राजनीतिक भ्रष्टाचारको पैसा हो ।’

पुराना पार्टीका नेताहरूले कालो धनको पैसा लुकाउन सहकारी प्रयोग गरेको दाबी गरे । स्रोत खोल्नु नपर्ने भएकाले त्यो पैसा सहकारीमा हालिएको उनको तर्क छ । सहकारीमा हालिएको एक करोड रुपैयाँ बढी रकम भ्रष्टाचारीको भएको दाबी झाले गरेका छन् ।

उनले एक करोडभन्दा बढी पैसा सहकारीमा बचत गर्दा स्रोत खुलाउनुपर्ने नियम ल्याउन पनि सरकारलाई भनेका छन् ।

पत्रकार सम्मेलनमा झाले आन्दोलनका एजेण्डा सुनाउँदै सभापति रवि लामिछानेलाई हिरासतबाहिर राखेर अनुसन्धान गर्न माग गरेका छन् ।

उनले सहकारी पीडित र मिटरब्याज पीडितलाई न्याय दिनुपर्ने, उच्च ओहदामा रहेका सबैको सम्पत्ति छानबिन गरी सार्वजनिक गर्नुपर्ने माग पनि गरेका छन् ।

भ्रष्टाचारकाण्डको न्यायिक छानबिन गर्न स्वतन्त्र न्यायिक आयोग गठन गर्नुपर्ने, संविधान परिमार्जनका लागि सर्वपक्षीय सम्मेलन आयोजना लगायत एजेण्डा आफूहरूको रहेको झाले बताएका छन् ।

पहिलो र दाश्रो मिलेर बनेर बनेको सरकारले देश र जनताका लागि केही काम गर्न नसकेको आरोपसमेत उनले लगाएका छन् । रास्वपाले उपनिर्वाचनको मनोनयनमा आफ्ना पार्टीका उम्मेदवारमाथि आक्रमण प्रयास भएकाले निष्पक्ष हुनेमा आशंका जनाएको छ ।

प्रकाशित मिति : २ मंसिर २०८१, आइतबार  ८ : ०१ बजे

विश्वकपको अन्तिम खेलमा आज स्कटल्यान्डसँग भिड्दै नेपाल

काठमाडौं– आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’मा रहेको नेपालले

म्याग्दीका उम्मेदवारको चुनावी मुद्दा : ‘वैकल्पिक सडक’ को व्यवस्था

म्याग्दी– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा म्याग्दीका उम्मेदवारले जिल्लाको पश्चिमी क्षेत्र

विदेश पठाउने भन्दै ६५ लाख ठगी गर्ने चार जना पक्राउ

काठमाडौं– काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले रोजगारीका लागि

विश्वकपमा रोचक समीकरण : अस्ट्रेलियालाई हराउँदै श्रीलंका सुपर आठमा

काठमाडौं – आईसीसी टी–२० विश्वकप क्रिकेटको आयोजक श्रीलंका सुपर आठ

पशुपतिमा आएका नागा बाबासहित साधुसन्तलाई बिदाइ गरिँदै

काठमाडौं– महाशिवरात्रिको उपलक्ष्यमा पशुपतिनाथको दर्शनका लागि आएका नागा बाबालगायत साधुसन्तलाई