पाकिस्तानमा दैनिक उपभोग्य सामानमा अस्वभाविक मूल्यवृद्धि | Khabarhub Khabarhub

पाकिस्तानमा दैनिक उपभोग्य सामानमा अस्वभाविक मूल्यवृद्धि


२ मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पाकिस्तानमा दैनिक उपभोग्य वस्तुको मूल्यमा उच्च वृद्धि देखिएको छ । सरकारले मूल्यवृद्धि नियन्त्रण गर्ने प्रतिबद्धता जनाएपनि पाकिस्तानको रावलपिण्डी शहरमा अत्यावश्यक वस्तुको मूल्यमा उच्च वृद्धि देखिएको हो ।

पाकिस्तानबाट प्रकाशित हुने एक्सप्रेस ट्रिब्युनका अनुसार रावलपिण्डीमा कालो मुग दालको मूल्य ६ सय रुपैयाँ प्रतिकिलो पुगेको छ । त्यसैगरी, चनाको दालको मूल्य ४ सय रुपैयाँ प्रतिकिलो, खानेतेलको भाउ ५ सय २० रुपैयाँ प्रतिलिटिर पुगेको छ भने एक कार्टुन घिउको भाउ १५ सय रुपैयाँले वृद्धि भएको छ ।

मसलाको मूल्यमा ५० प्रतिशतको वृद्धि देखिएको छ । रावलपिण्डीमा एक किलो कुखुराको मासु ६ सय ५० रुपैयाँ पुगेको छ । एक दर्जन अण्डाको मूल्य ३ सय ३० रुपैयाँ पुगेको छ । त्यसैगरी, उक्त शहरमा दूधको मूल्य २ सय २० रुपैयाँ प्रतिलिट पुगेको छ ।

ट्रिब्युनका अनुसार दही एक किलोको २ सय ४० रुपैयाँ पर्छ । दैनिक उपभोग्य वस्तुको मूल्य उच्च भएपछि सो शहरमा बसोबास गर्ने निम्न र मध्यम वर्गका मानिसहरु मारमा परेका छन् ।

प्रकाशित मिति : २ मंसिर २०८१, आइतबार  ३ : ०५ बजे

भारतविरुद्ध इंग्ल्यान्डको रोमाञ्चक जित, सिरिजमा २–१ को अग्रता

लन्डन– भारतविरुद्धको टेस्ट सिरिजमा इंग्ल्यान्डले दोस्रो जित निकालेको छ ।

पाकिस्तानमा मनसुनको प्रकोपः १११ जनाको मृत्यु, थप वर्षाको चेतावनी

इस्लामाबाद – पाकिस्तानमा जून अन्त्यदेखि सुरु भएको मनसुन वर्षाले अहिलेसम्म

बबई नदीमा नुहाउने क्रममा बेपत्ता भएका दुई जनाको शव भेटियो

दाङ – बबई नदीमा नुहाउने क्रममा आज दिउँसो डुबेर बेपत्ता

माडीमा रेबिजको सङ्क्रमण बढ्दो

चितवन – चितवन को माडी नगरपालिकामा रेबिजको सङ्क्रमण बढेको छ

बीमा प्राधिकरणका अध्यक्ष ओझा निलम्बित, छानबिन गर्न समिति गठन

काठमाडौं – बिमा प्राधिकरणका अध्यक्ष शरद ओझा पदबाट निलम्बित भएका