एकीकृत समाजवादीको स्थायी कमिटी बैठकमा आज नेताहरुको कार्यविभाजन गरिने « Khabarhub

एकीकृत समाजवादीको स्थायी कमिटी बैठकमा आज नेताहरुको कार्यविभाजन गरिने


२ पुस २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एकीकृत समाजवादीको स्थायी कमिटी बैठक आज पनि बस्दैछ । पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा मंसिर २६ गतेदेखि जारी बैठकमा धारणा राख्ने र जवाफ दिने क्रम सकिए पनि नेताहरुको कार्यविभाजनको काम बाँकी छ ।

आजको बैठकमा पदाधिकारी तथा केन्द्रीय सदस्यको कार्यविभाजन गरिने महासचिव घनश्याम भुसालले जानकारी दिए । उनका अनुसार हिजोको बैठकमा नेकपा एसको ‘आन्दोलनद्वारा पार्टी निर्माण गरिने’ भन्ने कार्ययोजना पारित गरेको थियो ।

उनले भने, ‘मंगलबारको बैठकमा नेताहरूको जिम्मेवारी तोक्ने र पार्टीको सुदृढीकरण, आगामी निर्वाचनको तयारी, राजनीतिक तथा भूराजनीतिक चुनौतीलगायतका विषयबारे निर्णय सार्वजनिक गरिने छ ।’

बैठकले अन्य कुनै पनि कम्युनिष्ट पार्टीसँग एकताको कुनै सम्भावना नभएको निष्कर्ष निकालेको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए ।

प्रवक्ता खतिवडाले राष्ट्रिय एजेण्डाहरुमा सहकार्य गर्नको लागि पार्टी सधैँ तयार रहेको समेत बताए ।

उनले बैठक अगामि निर्वाचनहरुमा एकीकृत समाजवादीलाई सशक्त प्रतिस्पर्धी पार्टीको रुपमा उभ्याउने र कलम चिन्हका उम्मेदवारहरुलाई देशभरि स्थापित गर्नेबारे केन्द्रित रहेको पनि बताए ।

 

 

प्रकाशित मिति : २ पुस २०८१, मंगलबार  ७ : ०७ बजे

जङ्गलमा बास, जोखिमपूर्ण जीवन

कैलाली – कैलालीको चुरे गाउँपालिका-४ पनेरुगडास्थित जङ्गलको बीचमा विश्नादेवी महराको

प्रदेशको पूर्ण स्वायत्तता अपरिहार्य : सिके राउत

सप्तरी – जनमत पार्टीका अध्यक्ष डा चन्द्रकान्त (सिके) राउतले देशको

निर्वाचन क्षेत्रमा खटिन पार्टीका नेता कार्यकर्तालाई सभापति थापाको आग्रह

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीका नेता तथा

बंगलादेश टी–२० विश्वकपबाट हटाइयो, स्कटल्यान्डलाई अवसर

काठमाडौं – अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले बंगलादेशलाई टी–२० विश्वकप

हामी देश बनाउने अभियानमा छौँ : ओली

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले