चिलिमे जलविद्युतले १२ प्रतिशत बोनस दिने « Khabarhub

चिलिमे जलविद्युतले १२ प्रतिशत बोनस दिने


२ पुस २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चिलिमे जलविद्युत कम्पनी लिमिटेडले गत आर्थिक वर्ष २०८०–८१ को वितरणयोग्य मुनाफाबाट शेयरधनीलाई १२ प्रतिशत बोनस दिने भएको छ ।

कम्पनीको सोमबार बसेको ४३८औँ सञ्चालक समितिको बैठकले १२ प्रतिशत बोनस दिने निर्णय गरेको कम्पनीका सचिव नारायण प्रसाद आचार्यले जानकारी दिए ।

आचार्यका अनुसार कम्पनीले चुक्ता पुँजीको ७९ करोड ८४ लाख रुपैयाँ बराबर १० प्रतिशत बोनस शेयर र चुक्ता पुँजीको १५ करोड ९६ लाख ८० हजार रुपैयाँ बराबरको २ प्रतिशत करसहित नगद लाभांश दिने भएको हो।

कम्पनीको हाल चुक्ता पुँजी ७ अर्ब ९८ करोड ३९ लाख ९७ हजार रुपैयाँ बराबरको रहेको छ ।

उक्त बोनस पारित गर्न कम्पनीले पुस २८ गते साधारणसभा डाकेको छ । सभा प्रयोजनका लागि कम्पनीले पुस १६ गते एक दिनका लागि बुक क्लोज गर्ने भएको छ ।

पुस १६ गतेसम्म कायम हरेका शेयरधनीले मात्र कम्पनीले प्रस्ताव गरेको उक्त बोनस पाउने छन् ।

प्रकाशित मिति : २ पुस २०८१, मंगलबार  ११ : ४३ बजे

एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ

काठमाडौं – अवैध हुन्डी कारोबारमा सङ्लग्न भएको आरोपमा प्रहरीले एक

बाढीप्रभावितका लागि त्रिभुवन विश्वविद्यालयको नौ करोड २५ लाख सहयोग

काठमाडौं – त्रिभुवन विश्वविद्यालयले भोटेकोशी नदीमा गएको विनाशकारी बाढीबाट प्रभावित

मनास्लु आरोहण सुरु

गोरखा – शरद ऋतुका लागि मनास्लु हिमालको आरोहण सुरु भएको

बागमती सरकारले जटिल रोगका बिरामीलाई उपचारमा सहुलियत दिने

मकवानपुर – बागमती प्रदेश सरकारले क्यान्सर, हृदयघात तथा महिलामा हुने

ओली बोलाउँदा गुन्डु गएनन् शंकर र विष्णु, भने – प्रतिवेदनबाटै जवाफ दिन्छौं

काठमाडौं – नेकपा (एमाले)को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलका