निकिताको चुनौती- रविले सहकारीबाट ऋण लिएको प्रमाण देखाऊ « Khabarhub

निकिताको चुनौती- रविले सहकारीबाट ऋण लिएको प्रमाण देखाऊ


२ पुस २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


378
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सहकारी संस्थाबाट ऋण लिएको प्रमाण पेश गर्न पत्नी निकिता पौडेलले चुनौती दिएकी छन् ।

अहिलेसम्म रविले सहकारीबाट ऋण लिएको प्रमाण नभेटिएको बताउँदै उनले विभिन्न सञ्चारमाध्यममा आएका समाचारहरूप्रति प्रश्न उठाएकी हुन्।

श्रीमान् कास्की प्रहरीको हिरासतमा रहेका बेला अनावश्यक प्रचार गरी सञ्चारमाध्यमले पुरुषार्थ देखाएको टिप्पणी पनि उनले गरेकी छन् । तर आफू अझै पनि रविले सहकारीबाट ऋण लिएको प्रमाण कुरेर बसिरहेको तर्क उनले गरेकी छन् ।

बुवा उद्धव पौडेलसँगको कुराकानीको प्रसंग उल्लेख गर्दै उनले लामिछानेबारे समाचार लेख्दा सञ्चारमाध्यमहरूले धर्म छाडेको दाबी पनि गरेकी छन्।

‘आज बिहानै बुवाले फोनमा हाँस्दै सोध्नुभयो, ‘तिमीसँग त त्यत्रो पैसा रहेछ, कुनै सञ्चारमाध्यमले १५ करोड, कुनैले २५ करोड, कसैले ५० करोड छ भनिरहेका छन् । तिमीसँग छ चाहिँ कति ? अलिकति मलाई पनि देऊ न’, उनले बुवासँगको कुराको सन्दर्भ जोड्दै भनिन्, ‘मैले पनि हाँस्दै भने, ‘त्यत्रो पैसा भएरै होला ४ करोडमा किनेको घरको किस्ता आजसम्म तिर्दैछु ।’

सहकारीको बचत हिनामिना जस्तो संवेदनशील विषयमा सञ्चारमाध्यम र सञ्चारकर्मीहरू संवेदनहीन बनेको पनि उनको टिप्पणी छ ।

निकिता लेख्छिन् ?

आज विहानै बुवाले फोनमा हाँस्दै सोध्नु भयो, ‘तिमीसँग त त्यत्रो पैसा रहेछ, कुनै मिडियाले १५ करोड, कुनैले २५ त, कसैले ५० करोड। तिमीसँग छ चाहिँ कति ? अलिकति मलाई पनि देऊ न।’

मैले पनि हाँस्दै भने, ‘त्यत्रो पैसा भएरै त होला ४ करोडमा किनेको घरको किस्ता आजसम्म तिर्दै छु।’

बुवा–छोरीको कुराकानीको सन्दर्भ थियो, अनुसन्धानमा रहेको विषयमा भएको ‘मिडिया ट्रायल’ को। कुनै मिडियाले यति करोड, कुनैले उति करोड भनेर लेखेका छन्। मिडियाले धर्म नछोडेको भए बैंकिङ कारोवारको अंक सबैमा ठ्याक्कै एउटै हुनुपर्ने होइन र ? आफ्नो सम्पूर्ण बैकिङ विवरण प्रहरीलाई बुझिसकेकी छु। यस्तो संवेदनशील विषयमा किन यति संवेदनहीन भएका होलान् भनेर सोच्छु ! समाचार लेख्नेमाथि दया लागेर आउँछ।

खाता मेरो हो। यति-उति पैसा छ भनेर आआफैँ अनुमान लगाउनुभन्दा सोधेको भए बताइदिन्थेँ नि । श्रीमान् हिरासतमा भएको बेला ममाथि केही मिडियाले देखाएको ‘पुरुषार्थ’अगाडि समाज मुकदर्शक बनेकोमा झनै आश्चर्यमा छु। मेरो श्रीमानले सहकारीबाट ऋण लिएको प्रमाण छ भन्नेलाई प्रमाण मात्रै देऊ भनेको हो । अहिले पनि हामी त्यो प्रमाण कुरिरहेका छौँ ।

प्रकाशित मिति : २ पुस २०८१, मंगलबार  १ : ११ बजे

एन्फाका कोषाध्यक्ष र लेखापाल पक्राउ

काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) का कोषाध्यक्ष र

भोटेकोशी बाढीको नामाकरण गर्दैछ सरकार

काठमाडौं । सरकारले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीको नामकरण

क्रियाशील सदस्यता विवादपछि कांग्रेस सर्लाहीका दुई नेताले दिए राजीनामा

काठमाडौं – नेपाली कांग्रेस सर्लाहीमा क्रियाशील सदस्यता वितरण तथा नवीकरणको

पार्टीको वडा अधिवेशनमा सहभागी हुन कांग्रेसको आग्रह

काठमाडौं – नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले यही असोज ३

४२ उपसचिव तथा प्रमुख प्रशासकीय अधिकृतको सरुवा (सूचीसहित)

काठमाडौं – सरकारले नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूहका ४२