झिनो अंकले बढ्यो नेप्से, कारोबार ४ अर्बमा सीमित  | Khabarhub Khabarhub

झिनो अंकले बढ्यो नेप्से, कारोबार ४ अर्बमा सीमित 


२ पुस २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) झिनो अंकले बढेको छ । आज नेप्से २.९५ अंकले बढेर २६३३.८७ विन्दुमा पुगेको छ ।
आज नेप्से ०.११ प्रतिशतले बढ्दा ४ अर्ब ३४ करोड ३२ लाख ३४ हजार रुपैयाँ बराबरको ८९ लाख ३९ हजार ३४८ कित्ता शेयर कारोबार भएको छ ।

मंगलबार ११७ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने ११७ वटा कम्पनीको शेयर मूल्य घटेको छ । १० वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ । ३१८ वटा कम्पनी दिनभरमा कारोबारमा आउँदा ५३ हजार ९५७ पटक शेयर किनबेच भएको छ ।

आज नेप्से झिनो अंकले बढ्दा ३ वटा कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ भने कुथेली बुखारी साना जलविद्युतको शेयर नकारात्मक सर्किट लागेको छ ।

आज १३ समूह मध्ये ८ वटा समूह बढेको छ भने ५ वटा समूह घटेको छ । मंगलबार सबैभन्दा बढी ट्रेडिङ समूह ०.५९ प्रतिशतले बढेर ४ हजार ७८२.६३ विन्दुमा पुगेको छ ।

त्यस्तै, वाणिज्य बैंक समूह ०.१७ प्रतिशतले, फाइनान्स ०.८७ प्रतिशतले, होटेल तथा पर्यटन ०.१८ प्रतिशतले, हाइड्रोपावर ०.१४ प्रतिशतले, लघुवित्त ०.५६ प्रतिशतले र निर्जीवन बिमा ०.१९ प्रतिशतले बढेको छ ।

आज सबैभन्दा बढी विकास बैंक समूह ०.६५ प्रतिशतले घटेर ५ हजार ५३७.१७ विन्दुमा पुगेको छ भने सबैभन्दा कम जीवन बिमा समूह ०.१५ प्रतिशतले घटेर १२ हजार ६८१.१० विन्दुमा पुगेको छ ।

साथै, लगानी समूह ०.२१ प्रतिशतले, उत्पादन तथा प्रशोधन ०.४४ प्रतिशतले र म्युचुआल फण्ड समूह ०.४८ प्रतिशतले घटेको छ ।

प्रकाशित मिति : २ पुस २०८१, मंगलबार  ३ : ४७ बजे

गण्डकी प्रदेशसभा बैठक बस्दै, दलका नेताहरूले सम्बाेधन गर्ने

पोखरा– गण्डकी प्रदेश सभाको बैठक आज शुक्रबार बस्ने भएको छ

यस्तो छ आजको तरकारी र फलफूलको मूल्य 

काठमाडौं- कालीमाटी फलफूल तरकारी विकास समितिले आजका लागि कृषि उपजहरूको

प्रदेश स्वयंसेवक शिक्षक परिचालन गर्दै मधेस सरकार

महोत्तरी– मधेस प्रदेश सरकारले विद्यालय शिक्षकको अभाव सम्बोधन गर्न प्रदेश

अब अबुधाबीबाट पनि श्रम स्वीकृति

काठमाडौं– सरकारले संयुक्त अरब इमिरेट्स (युएई)बाट पनि श्रम स्वीकृति प्रदान

एकीकृत समाजवादीको स्थायी कमिटी र पोलिटब्यूरो बैठक आह्वान

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)ले यही फागुन ६ र