झिनो अंकले बढ्यो नेप्से, कारोबार ४ अर्बमा सीमित  « Khabarhub

झिनो अंकले बढ्यो नेप्से, कारोबार ४ अर्बमा सीमित 


२ पुस २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) झिनो अंकले बढेको छ । आज नेप्से २.९५ अंकले बढेर २६३३.८७ विन्दुमा पुगेको छ ।
आज नेप्से ०.११ प्रतिशतले बढ्दा ४ अर्ब ३४ करोड ३२ लाख ३४ हजार रुपैयाँ बराबरको ८९ लाख ३९ हजार ३४८ कित्ता शेयर कारोबार भएको छ ।

मंगलबार ११७ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने ११७ वटा कम्पनीको शेयर मूल्य घटेको छ । १० वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ । ३१८ वटा कम्पनी दिनभरमा कारोबारमा आउँदा ५३ हजार ९५७ पटक शेयर किनबेच भएको छ ।

आज नेप्से झिनो अंकले बढ्दा ३ वटा कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ भने कुथेली बुखारी साना जलविद्युतको शेयर नकारात्मक सर्किट लागेको छ ।

आज १३ समूह मध्ये ८ वटा समूह बढेको छ भने ५ वटा समूह घटेको छ । मंगलबार सबैभन्दा बढी ट्रेडिङ समूह ०.५९ प्रतिशतले बढेर ४ हजार ७८२.६३ विन्दुमा पुगेको छ ।

त्यस्तै, वाणिज्य बैंक समूह ०.१७ प्रतिशतले, फाइनान्स ०.८७ प्रतिशतले, होटेल तथा पर्यटन ०.१८ प्रतिशतले, हाइड्रोपावर ०.१४ प्रतिशतले, लघुवित्त ०.५६ प्रतिशतले र निर्जीवन बिमा ०.१९ प्रतिशतले बढेको छ ।

आज सबैभन्दा बढी विकास बैंक समूह ०.६५ प्रतिशतले घटेर ५ हजार ५३७.१७ विन्दुमा पुगेको छ भने सबैभन्दा कम जीवन बिमा समूह ०.१५ प्रतिशतले घटेर १२ हजार ६८१.१० विन्दुमा पुगेको छ ।

साथै, लगानी समूह ०.२१ प्रतिशतले, उत्पादन तथा प्रशोधन ०.४४ प्रतिशतले र म्युचुआल फण्ड समूह ०.४८ प्रतिशतले घटेको छ ।

प्रकाशित मिति : २ पुस २०८१, मंगलबार  ३ : ४७ बजे

युक्रेनलाई इयूको २.९ अर्ब युरो आर्थिक सहयोग

किएभ- युक्रेनले आर्थिक स्थायित्व कायम गर्न तथा सुधार कार्यक्रम अघि बढाउन

कांग्रेसले १५औँ महाधिवेशनलाई ‘नीति चयन’ अधिवेशनका रूपमा अघि बढाउने

काठमाडौं- नेपाली कांग्रेसले १५औँ महाधिवेशनलाई ‘नीति चयन’ को अधिवेशनका रूपमा

भोटेकोशी बाढीका शव बोक्ने एम्बुलेन्स चालक सम्मानित

चितवन– भोटेकोशी बाढीले बगाएर चितवन ल्याएका शव नारायणी नदी किनारबाट

हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछ : प्रधानमन्त्री शाह

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले हरेक नागरिकका लागि आवासको अधिकार सुनिश्चित

कांग्रेस १५औँ महाधिवेशन : प्रतिनिधिलाई बस्ने व्यवस्था गरियो

काठमाडौं- नेपाली कांग्रेसको काठमाडौँमा आइतबारदेखि सुरु हुन लागेको १५औँ राष्ट्रिय