कांग्रेस–एमालेको सरकार ढल्दैन, कसैले धुपबत्ती नगरे हुन्छ : सूर्य थापा « Khabarhub

कांग्रेस–एमालेको सरकार ढल्दैन, कसैले धुपबत्ती नगरे हुन्छ : सूर्य थापा


२ पुस २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


189
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सहकारी संस्था बचत रकम दुरूपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिका सभापति सूर्यबहादुर थापा क्षेत्रीले सहकारी ठग जहाँसुकै भए पनि कानुनको दायरामा आउने बताएका छन् ।

मंगलबार काठमाडौंमा आयोजित साक्षात्कारमा उनले संसदीय विशेष समितिले दिएको प्रतिवेदनअनुसार कारवाही अघि बढेकाले सहकारी ठग जहाँसुकै भए पनि कानुनी दायरामा आउने बताए ।

ज्योति गुरुङ अमेरिकामा रहेको आफूहरूले प्रतिवेदनमा उल्लेख गरिसकेकाले उनी र ज्योतिबहादुर भण्डारीको नाममासमेत रेडकर्नर नोटिस जारी गरिसकेको उनले बताए ।

त्यस्तै, सहकारी ठगी अभियोगमा फरार गितेन्द्रबाबु राईको राहदानीसमेत रोक्का भइसकेको उनको भनाइ छ । उनले रवि लामिछानेलाई सरकारले नभएर त्यही प्रतिवेदनको आधारमा पक्राउ गरिएको भन्दै न्यायालयको आदेशलाई सबैले स्वीकार्नुपर्नेमा जोड दिए ।

रास्वपाको विरोध प्रदर्शनलाई उनले अनैतिक, अराजनीतिक र गैरजिम्मेवार कामको संज्ञा दिएका छन् ।

सरकार नढल्ने

थापा क्षेत्रीले कांग्रेस–एमालेसहितको गठबन्धन सरकार कसैले ढाल्न नसक्ने बताएका छन् । मंगलबार रिपोर्टर्स क्लब नेपालद्वारा आयोजित साक्षत्कार कार्यक्रमलाई सम्बोधन गर्दै उनले कसैले धुपबत्ती गरेर सरकार नढल्ने बताएका हुन् ।

उनले अहिले केही मान्छेहरुले भारतीय गुप्तचार संस्था ‘रअ’ का फेक पात्र सिर्जना गरेर सरकार ढल्न लागेको प्रचार गरिरहेको बताए ।

ती मान्छेहरूले नेपालको सरकार ६/६ महिनामा ढलोस् भन्ने चाहेको उनको भनाइ छ । त्यस्ता मान्छेहरूको प्रयासले वर्तमान सरकार नढल्ने उनले बताए ।‘तिनले कुनै धुपबत्ती नगरे हुन्छ’, उनले भने ।

प्रधानमन्त्री ओलीको भारत भ्रमणको तयारी भइरहेको पनि उनले बताए । उनले यही पुसको अन्तिम साता प्रधानमन्त्री ओली भारत भ्रमणमा जाने बताए ।
‘प्रधानमन्त्रीको भारत भ्रमण भएन, चीन भ्रमण भयो । अब सरकार ढल्ने भयो भनेर गोखरधन्दा गर्नेहरूको एउटा पंक्त्ति काठमाडौंमा जीविका गरिरहेको थियो । तिनीहरूले कान खोलेर सुने हुन्छ, थाहा पाए हुन्छ, प्रधानमन्त्रीको भारत भ्रमण तयारी अगाडि बढेको छ । पुसको अन्तिम हप्ता उहाँ भारत भ्रमणमा जाने प्रक्रिया अगाडि बढेको छ,’ उनले भने ।

त्यस्तै, प्रधानमन्त्री ओलीले चीन, भारत, अमेरिका जहाँ गए पनि नेपाल कार्ड प्रयोग गर्ने र देशको हित हुने काम गर्ने उनले बताए ।

‘चाइना कार्ड प्रचण्डजीको हो । केपी शर्मा ओलीजीले चीन जाँदा पनि र भारत जाँदा पनि नेपाल कार्ड, युएन जाँदा पनि, अमेरिका जाँदा पनि उहाँले नेपाल कार्ड प्रयोग गर्नुहुन्छ’, उनले भने, ‘नेपालको हितमा नहुने कुनै पनि काम गर्नुहुन्न । नेपालको हितमा हुने जुनसुकै कामका लागि उहाँ आँखामा आँखा जुधाएर छलफल गर्न उहाँ तयार हुनुहुन्छ ।’

प्रकाशित मिति : २ पुस २०८१, मंगलबार  ४ : ५७ बजे

जलवायुमैत्री प्रविधिबाट धानमा आत्मनिर्भर बन्ने लक्ष्यसहित २३औँ राष्ट्रिय धान दिवस मनाइने

ललितपुर– ‘जलवायुमैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि’ भन्ने मूल नारासहित

कस्तो आउला मौद्रिक नीति ?

काठमाडौं– नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षको लागि नयाँ मौद्रिक

उपत्यकामा बर्डफ्लु सर्नुमा मुख्य कारक काग

काठमाडौं- कागका कारण काठमाडौँ उपत्यकामा बर्डफ्लु व्यापक रूपमा फैलिएको छ

‘सेलिब्रटीलाई अपराध गर्न छुट हो ?’

काठमाडौं- नाबालिग तथा विभिन्न युवतीसँग अवाञ्छित संवाद गरेको स्क्रिनसट सामाजिक

लोकतन्त्र र वामपन्थी आन्दोलन सिध्याउन भदौ २३ र २४ गते प्रतिगामी षडयन्त्र भयो : ओली

काठमाडौं- पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गत