शोभा पाठकलाई तीन दिन हिरासतमा राख्न अनुमति « Khabarhub

शोभा पाठकलाई तीन दिन हिरासतमा राख्न अनुमति


२ पुस २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा (एमाले) का पोलिटब्यूरो सदस्य महेश बस्नेतलाई यौन शोषण आरोप लगाउँदै आएकी शोभा पाठकलाई अदालतले तीन दिन हिरासतमा राख्ने अनुमति दिएको छ ।

सोमबार दिउँसो काठमाडौं जिल्ला अदालत परिसरबाट पक्राउ परेकी शोभा उपनामबाट परिचित जानुका पाठकलाई तीन दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति मिलेको हो ।

तर सोमबार शोभाले भने महेशले आफूविरुद्ध षड्यन्त्र गर्न खोजेपछि सुरक्षाका लागि गिरफ्तारी दिएको पाठकले बताएकी थिइन् ।

धादिङ घर भएकी पाठकविरुद्ध राजकुमार त्रिपाठीले साइबर कसुरमा उजुरी दिएपछि नियन्त्रणमा लिएको प्रहरीले जनाएको थियो ।

काठमाडौं प्रहरी परिसरका प्रवक्ता एवम् एसपी नवराज अधिकारीले पाठकलाई प्रहरी वृत्त स्वयम्भूमा पठाइएको जानकारी दिएका थिए ।

यसअघि पनि उनी पक्राउ परेकी थिइन् । उनले आफूलाई बस्नेतले अपार्टमेन्टमा राखेर यौन शोषण गरेको आरोप लगाएकी थिइन् ।

यसअघि पनि उनलाई प्रहरीले साइबर कसुर आरोपमा ललितपुरको पुल्चोकबाट पक्राउ गरेको थियो। बस्नेतनिकटहरूले उनलाई हनी ट्रयापर भन्दै ट्रोल बनाउने गरेका छन्।

बस्नेतले आफूसँग मन्दिरमा लगेर महेशले विवाह गरेको पनि बताएकी छन् । बस्नेत विवाहित पुरूष हुन् । नेपालको कानुनअनुसार बहुविवाह बर्जित छ ।

यसअघि गत जेठ २८ गते पनि उनी पक्राउ परेकी थिइन् । सामाजिक सञ्जालमार्फत् विभिन्न व्यक्तिहरूको चरित्रहत्या गरेको आरोपमा उनलाई नेपाल प्रहरीको साइबर ब्यूरोले ललितपुरको पुल्चोकबाट सोमबार पक्राउ गरेको थियो ।

प्रकाशित मिति : २ पुस २०८१, मंगलबार  ५ : ३० बजे

बिलाउनीको झाडी फाँडेर सुन्तला बगान

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–७ दोवाटाका किसानहरूले बिलाउनीको झाडी फाँडेर सुन्तला

भारतमा ट्याङ्कर दुर्घटना भएर बसमा ठोक्किँदा आगलागी : नौ जनाको मृत्यु

काठमाडौं – भारतको कर्नाटकमा बस र ट्याङ्कर दुर्घटनापछि आगलागी हुँदा

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को