मिसन ८४ पर्खिन नसक्ने स्थिति आउन सक्छ : ओली  « Khabarhub

मिसन ८४ पर्खिन नसक्ने स्थिति आउन सक्छ : ओली 


४ माघ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


360
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी ओलीले मिसन ८४ भनेर पर्खिन नसक्ने स्थिति आउन सक्ने बताएका छन् ।

बिहीबार एमाले मुख्यालयमा नेपाल खेलकुद महासंघको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले गठबन्धन सरकारका कारण मुलुक अप्ठेरो अवस्थामा पुगेको भन्दै मिसन ८४ भनेर पर्खिन नसक्ने स्थिति आउन सक्ने बताएका हुन् ।

अध्यक्ष ओलीले सरकार तरकारी बारीको बुख्याचा भएकाले केही गर्न नसक्ने बताए । यस्तै उनले एमालेविरोधीहरू एक्लै भिड्न नसक्ने अवस्थामा पुगेको पनि बताए । उनले विरोधीहरूले जुनसुकै बेलामा प्रहार गर्नसक्ने भएकाले त्यसका विरुद्ध आन्दोलनमा उत्रिन तयार रहन पनि निर्देशन दिए ।

उनले सरकार भ्रष्टाचार, तस्करी, कमिसनखोरीको आयोजक र संरक्षक बनेको तर्क गरे । अध्यक्ष ओलीले कोही सबैभन्दा बढी अनुशासनमा बस्ने व्यक्ति खेलाडी नै भएकाले खेलाडीबाट सबैले अनुशासनको पाठ सिक्नु पर्नेमा जोड दिए ।

ओलीले नेपाल खेलकुद महासंघका सदस्यहरूले जाजरकोट भूकम्प पीडितको उद्धार र पुनर्निर्माण महत्त्वपूर्ण भूमिका खेलेको भन्दै प्रशंसा गरे । राष्ट्रिय खेलकुद महासंघका सदस्य खेलाडी मात्र नभएर उनीहरूको सामाजिक र पारिवारिक जिम्मेवारी पनि भएकोले त्यसमा सचेत हुनु पर्ने उनले बताए ।

प्रकाशित मिति : ४ माघ २०८०, बिहीबार  ४ : ५५ बजे

कृष्ण थापाको निधनमा अध्यक्ष ओली : मेरा ४३ वर्ष देखिका साथीको निधनमा दुःखी छु

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी केन्द्रीय सदस्य

समानुपातिकको सांसद छान्न हर्क साम्पाङलाई तनाव, दिए पार्टीबाटै हटाउने चेतावनी

काठमाडौँ – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङले समानुपातिकतर्फको सांसदको

समानुपातिकतर्फ चार लाख ४५ हजार मत बदर

काठमाडौं- यही फागुन २१ मा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्ष

महावीर पुनको निर्वाचन खर्च २८ लाख ६८ हजार भन्दा बढी

म्याग्दी – नवनिर्वाचित सांसद महावीर पुनले आफ्नो निर्वाचन खर्चको विवरण

चुनावको खर्च विवरण ३५ दिनभित्रै सार्वजनिक गर्न आग्रह

काठमाडौँ – निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन प्रचारप्रसारमा भएको आम्दानी