आलुखेती गर्ने किसानलाई ट्याक्टर र बीउ वितरण « Khabarhub

आलुखेती गर्ने किसानलाई ट्याक्टर र बीउ वितरण


४ माघ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


387
Shares
  • change font
  • change font
  • change font

दोलखा–  वैतेश्वर गाउँपालिकाले सिङ्गो गाउँनै व्यवसायीक आलुखेतीमा लागेको भन्दै थप उत्पादन वृद्धि गर्न किसानलाई आलुकाे बीउ तथा कृषि औजार सहयोग गरेको छ ।

पालिकाले चालु वर्षको आलु प्रवर्द्धन कार्यक्रम अन्तर्गत गाउपालीका-८ यवोका करिब एक सय जना किसानलाई लक्षित गरी ५० प्रतिशत लागत साझेदारमा उन्नत जातको आलुको बीउ तथा कृषि औजार वितरण गरिएको हो ।

जनप्रेमी कृषि सहकारीमा आबद्ध बन्दै व्यवसायीक आलु खेती गर्दै आएका करिब एक सय जना किसानलाई पालिकाले बिहीबार एक कार्यक्रमका बीच १४ हजार केजी उन्नत जातको बीउको आलु, ९ थान हातेट्याक्टर, ५ थान स्प्रेय, ९६ थान प्लास्टिक क्रेय्ट तथा रासायनिक मल ५० प्रतिशत अनुदान सहयोगमा उपलब्ध गराएको हो ।

बीउ तथा कृषि औजार गाउँपालिका अध्यक्ष छवि लामा र आलुवाली विकास केन्द्र सिन्धुपाल्चोक निगालेका प्रमुख विजय कुमार गिरीको उपस्थितिमा वितरण गरिएको वडाअध्यक्ष शान्त बहादुर जिरेलले जानकारी दिए ।

पालिकाले आगामी आर्थिक वर्षको बजेटले समेट्ने गरी यवोमै आलुको बीउ उत्पादन तथा प्रवर्द्धन गर्न बिउँ संकलन केन्द्र निर्माण गर्ने भन्दै साेहि ठाउँमा हिउँदे आलुको बीउ उत्पादन गर्न सकिने सम्भावना देखिएकाले आगामी वर्षको कार्यक्रममा आलू बीउ उत्पादन तथा भण्डारण केन्द्र स्थापन गर्ने पालिका अध्यक्ष छवि लामाले बताए ।

बीउ उत्पादन तथा स्टोर निर्माण गर्न करिब २० लाख रकम लाग्ने अनुमान गरिएकाले सिङ्गो वैतेश्वरलाई धान्ने खालको स्टोर निर्माण गर्ने उनकाे भनाई छ ।

पालिकाले यस वर्ष आलु प्रवर्द्धन कार्यक्रम अन्तर्गत उन्नत जातको काडिनल जातको स्रोत बीउ ११ सय केजी तथा दोस्रो पुस्ताको १३हजार केजी उन्नत जातको बिउ वितरण गरिएको वैतेश्वर गाउँपालिका अधिकृत सातौँ रबिन्द्र चौलागाईंले जानकारी दिए ।

पालिकाको चालु वर्षको आलु प्रवर्द्धन कार्यक्रम अन्तर्गत ५० प्रतिशत लागत साझेदारमा उक्त बीउ तथा कृषि औजार वितरण गरिएको हो ।

त्यसैगरी, किसानलाई रासायनिक मल युरिया आठ सय ४० केजी, डिएपी मल ११ सय केजी र पोटास मल छ सय केजी सहकारी मार्फत वितरण हुने वैतेश्वर गाउँपालिका कृषि प्राविधिक निरोज पाण्डे जानकारी दिए ।

किसानलाई बीउ तथा औजार हस्तान्तरण कार्यक्रममा वैतेश्वर गाउँपालिका अध्यक्ष छवि लामा,वडा नम्बर-८ का वडा अध्यक्ष शान्त बहादुर जिरेल लगायतको उपस्थितिमा सहकारी मार्फत उक्त सामाग्री हस्तान्तरण गरिएको हो ।

सुबास बस्नेत

प्रकाशित मिति : ४ माघ २०८०, बिहीबार  ६ : ०९ बजे

सिमलतालमा खसेको पहिरो हटाइयो, दुई घण्टापछि खुल्यो मुग्लिन-नारायणगढ सडक

चितवन – पहिरोका कारण अवरुद्ध बनेको नारायणगढ-मुग्लिन सडक खण्ड दुई

आर्थमन्त्री र राष्ट्र बैंकका कार्यकारी निर्देशकबीच आज छलफल हुँदै

काठमाडौँ – अर्थतन्त्रका पछिल्ला समस्या पहिल्याउन र समाधानका उपाय पहिल्याउन

जनकपुरको पोखरीमा डुबेर भारतीय दर्शनार्थीको मृत्यु

जनकपुरधाम – जनकपुरधामस्थित जानकी मन्दिरको छेउमा रहेको तेल्हा पोखरीमा डुबेर

समसामयिक विषयमा धारणा सार्वजनिक गर्न आज कांग्रेसको पत्रकार सम्मेलन

काठमाडौँ – नेपाली कांग्रेसले समसामयिक राजनीतिक विषयवस्तुमा पार्टीको आधिकारिक धारणा

रियाल म्याड्रिडमा भिनिसियसको भविष्य अन्योलमा, मोरिन्होको नेतृत्वमा प्रि-सिजन तयारी तीव्र

म्याड्रिड – स्पेनिस फुटबल क्लब रियाल म्याड्रिडका ब्राजिलियन फरवार्ड भिनिसियस