मानव बेचबिखन मुद्दाका फरार प्रतिवादी ३२ वर्षपछि पक्राउ « Khabarhub

मानव बेचबिखन मुद्दाका फरार प्रतिवादी ३२ वर्षपछि पक्राउ


४ माघ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मानव बेचबिखन अनुसन्धान ब्युरोको  टोलीले मानव बेचबिखन मुद्दाका फरार प्रतिवादीलाई ३२ वर्षपछि पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा धादिङ मेत्रावती गाउँपालिका-२ घर भएका ५७ वर्षीय वीरबहादुर तामाङ रहेको ब्युरोका प्रवक्ता तथा प्रहरी उपरीक्षक कृष्णप्रसाद पँगेनीले जानकारी दिए।

उनका अनुसार प्रतिवादी तामाङले एक महिलालाई ब्रुनाई पठाइदिने भनी झुक्याई २०४७ साल चैत्र ३ गते काठमाडौँबाट काँकरभिट्टा हुँदै पश्चिम बङ्गालको बागडोग्रामा पुर्‍याई भारतीय नागरिकलाई बेचेका थिए । निजलाई ब्युरोबाट खटिएको टोलीले यही माघ ३ गते ललितपुरबाट पक्राउ गरेको हो ।

पक्राउ परेका निज तामाङविरुद्ध मानव बेचबिखन तथा ओसारपसार मुद्दामा काठमाडौँ जिल्ला अदालतबाट तीन दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रवक्ता तथा प्रहरी उपरीक्षक पँगेनीले बताए। 

प्रकाशित मिति : ४ माघ २०८०, बिहीबार  ६ : ५३ बजे

वस्तु खरिद-बिक्रीमा अनिवार्य बिल लिन-दिन सरकारको ताकेता

काठमाडौँ – आन्तरिक राजस्व विभागले वस्तु तथा सेवाको खरिद–बिक्री गर्दा

आजको मौसम पूर्वानुमान : कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षा

काठमाडौँ – हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।

‘बजारमा ग्यासको हाहाकार : सरकार भन्छ, ‘आपूर्ति सहज छ’

काठमाडौँ – उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बजारमा खाना पकाउने

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल साउन २० गते बुधबार सन् २०२६