सरकार जे बोल्छ, त्यो पूरा गर्छ : मुख्यमन्त्री कार्की « Khabarhub

सरकार जे बोल्छ, त्यो पूरा गर्छ : मुख्यमन्त्री कार्की


४ माघ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

मोरङ – कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले जनतालाई सहज रुपमा स्वास्थ्य सेवा पुर्‍याउन सरकार सम्वेदनशील रहेको बताएका छन् ।

सम्वाद समूह कोशी प्रदेशद्वारा आज यहाँ आयोजित प्रदेश स्वास्थ्य नीति सम्वाद कार्यक्रममा स्वास्थ्यमन्त्रीसमेत रहनुभएका मुख्यमन्त्री कार्कीले नागरिकलाई सहज अनुभूति गर्ने स्वास्थ्य सेवाका लागि स्वास्थ्य क्षेत्रमा आवश्यक परिवर्तन गर्न तयार रहेको प्रतिबद्धता जनाए ।

उनले भने, “वर्तमान सरकार जनतालाई दिएको आश्वासन एवं वाचा पुरा गर्न सरकार जे गर्छ, त्यो बोल्छ, जे बोल्छ, त्यो पु¥याउँछ ।”

उनले क्लब, पुराण जस्ता कार्यक्रममा मुख्यमन्त्री तथा मन्त्रीलाई उद्घाटन गर्न नबोलाउन आग्रह गर्दै यसले समाजमा नकारात्मक प्रभाव पर्ने गरेको बताए । पूर्वमन्त्री उद्धव थापाले स्वास्थ्य क्षेत्रमा देखिएका कमीकमजोरी सुधार गर्ने प्रतिबद्धता व्यक्त गरे ।

प्रदेश स्वास्थ्य मन्त्रालयकी सचिव डा सुधा देवकोटा, पूर्वमन्त्री जीवन घिमिरे र नेकपा एमालेका संसदीय दलका उपनेता राम रानाले स्वास्थ्यलाई निःशुल्क र मौलिक हकको रुपमा विकास गर्नुपर्नेमा जोड दिए।

डा नवराज सुब्बाले सरकारी अस्पतालको सेवा प्रवाह, समस्या र चुनौती समाधानार्थ राजनीतिक सहकार्य र प्रतिबद्धता, सुमन तिमिल्सिनाले सरकारी अस्पतालको सेवा प्रभाव, समस्या र स्वास्थ्य क्षेत्रको नीतिगत उल्झन, प्रदेश सरकार विषयक कार्यपत्र प्रस्तुत गरेका थिए।

कार्यक्रममा प्रदेशसभाका सदस्य, स्थानीय तहका प्रमुख एवं उपप्रमुख, प्रदेश स्वास्थ्य मन्त्रालयका कर्मचारी, विभिन्न अस्पतालका चिकित्सक, स्वास्थ्य सङ्घसंस्थाका प्रतिनिधिको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : ४ माघ २०८०, बिहीबार  ८ : ५० बजे

समसामयिक विषयमा धारणा सार्वजनिक गर्न आज कांग्रेसको पत्रकार सम्मेलन

काठमाडौँ – नेपाली कांग्रेसले समसामयिक राजनीतिक विषयवस्तुमा पार्टीको आधिकारिक धारणा

रियाल म्याड्रिडमा भिनिसियसको भविष्य अन्योलमा, मोरिन्होको नेतृत्वमा प्रि-सिजन तयारी तीव्र

म्याड्रिड – स्पेनिस फुटबल क्लब रियाल म्याड्रिडका ब्राजिलियन फरवार्ड भिनिसियस

इँटा भट्टाको पर्खाल भत्किँदा दुई मजदुरको मृत्यु

नेपालगञ्ज – बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१९ भैयापुरस्थित न्यु किसान इँटा भट्टामा

सिमलतालमा पहिरो खस्दा मुग्लिन-नारायणगढ सडक अवरुद्ध, पन्छाउन समय लाग्ने

काठमाडौँ – मुग्लिन-नारायणगढ सडक खण्डअन्तर्गत सिमलताल नजिकै पहिरो खस्दा सडक

वस्तु खरिद-बिक्रीमा अनिवार्य बिल लिन-दिन सरकारको ताकेता

काठमाडौँ – आन्तरिक राजस्व विभागले वस्तु तथा सेवाको खरिद–बिक्री गर्दा