समाजमा अनुशासनको कमी भइरहेको छ : ओली « Khabarhub

समाजमा अनुशासनको कमी भइरहेको छ : ओली


४ माघ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले समाजमा अनुशासनको कमी भइरहेको बताएका छन् । नेपाल खेलकुद महासङ्घको दोस्रो बैठकलाई आज ललितपुर, च्यासलस्थित एमालेको केन्द्रीय कार्यालयमा सम्बोधन गर्दै उनले खेलाडी सबैभन्दा अनुशासनमा बस्ने भएकोले खेलजस्तो अनुशासन अरु क्षेत्र नभएको बताए।

“अहिले खेलाडी बाहेक अरुमा अनुशासन कम देखिन्छ । खेलमा जस्तो अरु क्षेत्रमा पनि अनुशासन चाहिन्छ । त्यो अनुशासनलाई हामीले समाजिक मान्यताको रुपमा अगाडि बढाएर लैजानु पर्दछ,” उनले भने। उनले सबैले अनुशासित भएर जीवन बिताउनुपर्नेसमेत आग्रह गरे ।

अध्यक्ष ओलीले देश अप्ठयारो स्थितिमा रहेको भन्दै सबै क्षेत्रबाट देशलाई अप्ठ्यारो स्थितिबाट जोगाउनुपर्ने बताए । देशलाई बर्बाद हुनबाट जोगाउनका लागि पार्टी जनताको बलमा आन्दोलनमा उत्रिनुपर्ने उनको भनाई छ ।

“नेपाल देश छ र हामी छौँ । नेपाल जोगाउन परिआउँदा हरेक मूल्यमा हामी अगाडि बढ्नुपर्दछ,” उनले भने । कार्यक्रममा एमाले स्थायी कमिटी सदस्य भानुभक्त ढकालले सङ्गठन सुदृढीकरणका लागि खेलकुद महासङ्घ लाग्नुपर्ने बताए । महासङ्घका अध्यक्ष परशुराम बस्नेतले खेलकुदसँगै युवालाई पार्टीमा आकर्षण गराउने बताए ।

प्रकाशित मिति : ४ माघ २०८०, बिहीबार  ९ : १९ बजे

समसामयिक विषयमा धारणा सार्वजनिक गर्न आज कांग्रेसको पत्रकार सम्मेलन

काठमाडौँ – नेपाली कांग्रेसले समसामयिक राजनीतिक विषयवस्तुमा पार्टीको आधिकारिक धारणा

रियाल म्याड्रिडमा भिनिसियसको भविष्य अन्योलमा, मोरिन्होको नेतृत्वमा प्रि-सिजन तयारी तीव्र

म्याड्रिड – स्पेनिस फुटबल क्लब रियाल म्याड्रिडका ब्राजिलियन फरवार्ड भिनिसियस

इँटा भट्टाको पर्खाल भत्किँदा दुई मजदुरको मृत्यु

नेपालगञ्ज – बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१९ भैयापुरस्थित न्यु किसान इँटा भट्टामा

सिमलतालमा पहिरो खस्दा मुग्लिन-नारायणगढ सडक अवरुद्ध, पन्छाउन समय लाग्ने

काठमाडौँ – मुग्लिन-नारायणगढ सडक खण्डअन्तर्गत सिमलताल नजिकै पहिरो खस्दा सडक

वस्तु खरिद-बिक्रीमा अनिवार्य बिल लिन-दिन सरकारको ताकेता

काठमाडौँ – आन्तरिक राजस्व विभागले वस्तु तथा सेवाको खरिद–बिक्री गर्दा