बालकुमारी घटनाका दोषीलाई कारबाही हुन्छ : प्रधानमन्त्री « Khabarhub

बालकुमारी घटनाका दोषीलाई कारबाही हुन्छ : प्रधानमन्त्री


६ फाल्गुन २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


186
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दुई युवकको ज्यान जानेगरी भएको बालकुमारी घटनाबारे गठित छानबिन समितिको प्रतिवेदनका आधारमा दोषीमाथि कारबाही हुने बताएका छन् ।

आज प्रतिनिधिसभा बैठकमा सांसदहरुले सोधेका प्रश्नको जवाफ दिने क्रममा प्रमुख प्रतिपक्षी एमालेसहितका दलका सांसदले सरकारको आलोचना गरेपछि प्रधानमन्त्री प्रचण्डले आफूले आज छानबिन समितिको प्रतिवेदन बुझ्ने र अध्ययनपछि दोषीमाथि कारबाही गरिने बताए ।

उनले भने, ‘आज मैले प्रतिवेदन बुझ्दै छु, अध्ययनपछि प्रतिवेदनका आधारमा कारबाही हुन्छ ।’

गृहमन्त्रालयमा प्रतिवेदन बुझाए पनि आफूले आज बुझ्ने कार्यक्रम रहेको जानकारी दिँदै उनले प्रतिपक्षी दलले नभएर सरकारले नै समिति गठन गरेको भन्दै बालकुमारी घटनाप्रति सरकारले चासो राखिरहेको स्पष्ट पारे ।

प्रधानमन्त्री दाहालले पीडितका परिवारलाई १० लाख रुपैयाँ आर्थिक सहायता र रोजगारीको व्यवस्था पनि गरिएको बताए ।

यो पनि …
यातायातमन्त्री ज्वालालाई बर्खास्त गर्न एमालेको माग

प्रकाशित मिति : ६ फाल्गुन २०८०, आइतबार  १२ : ३४ बजे

अपराध प्रमाणित भए फिर्ता हुन्छन् खगेन्द्र सुनुवार, उनको कार्यशैलीलाई लिएर पार्टीभित्र छटपटी

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र सुनार डेन्जर जोनमा छन्।

दुधे बालक काखमा, पैतालाबाट रगत ! निरुताको रहस्यमय अवतारमा ‘सारथि’

काठमाडौं– अभिनेत्री निरुता सिंहलाई दर्शकले यसपटक बिल्कुलै फरक र गम्भीर

आफूमाथिका आरोप झुटा भएको खगेन्द्रको दाबी, भने- छानबिनमा सघाउने छु

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद् खगेन्द्र सुनारले आफूमाथि

विश्वकप लिग- २ : ओमानविरुद्ध नेपाल ब्याटिङमा

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ श्रृंखला अन्तर्गत अहिले नेपाल र

प्रहरीको ‘स्वाप अपरेसन’ : ९८ जना पक्राउ

काठमाडौं– उपत्यकामा अपराध रोकथाम तथा नियन्त्रणका लागि प्रहरीले सञ्चालन गरेको