थाइल्याण्डका पूर्वप्रधानमन्त्री थाक्सिन रिहा « Khabarhub

थाइल्याण्डका पूर्वप्रधानमन्त्री थाक्सिन रिहा


६ फाल्गुन २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

बै‌कक- थाइल्याण्डका पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्रा स्वनिर्वासनबाट स्वदेश फर्केको छ महिनापछि आइतबार पेरोलमा रिहा भएका छन् । पेरोल कैदीहरू व्यवहारिक अवस्थाहरू पालन गर्न सहमत भएको अवस्थामा तोकिएको अधिकारीहरूसँग सम्पर्कमा रहने गरी हुने रिहाइ हो ।

शर्तहरू पालना नभएको अवस्थामा उनीहरूलाई पुनः गिरफ्तार गरी जेलमा फिर्ता गर्न सकिन्छ । स्थानीय समयअनुसार आइतबार बिहान एउटा प्रहरी अस्पतालबाट थाक्सिन कारमा चढेर घर फर्केका हुन् । उनले त्यस अस्पतालमा स्वास्थ्योपचार गरेको र एक वर्षको जेल सजायको छ महिना सोही अस्पतालमा बिताएको सिन्ह्वाका संवाददाताहरूले बताएका छन् ।

थाइल्याण्डका प्रधानमन्त्री श्रेता थाभिसिनले यस पहिले नै थाक्सिनलाई पेरोलमा रिहा गर्नु कानुनसम्मत हुने बताएका थिए । देशको कानुन तथा न्याय मन्त्रालयका अनुसार यसै महिना पेरोलका लागि स्वीकृत ९३० कैदीमध्ये ७४ वर्षीय पूर्वप्रधानमन्त्री सिनावात्रा पनि एक हुन् ।

थाइल्याण्डको कानुन अनुसार उनी ७० वर्षभन्दा बढी उमेर पुगेको र गम्भीर रोगबाट पीडित भएकोले पेरोलका लागि योग्य भएका हुन् । थाक्सिनले १५ वर्षभन्दा लामो निर्वासन तोडेर गत वर्षको अगस्टमा थाइल्याण्ड फर्केका थिए तर उनलाई तत्काल हिरासतमा लिइएको थियो र विभिन्न अभियोगमा आठ वर्षको जेल सजाय सुनाइएको थियो ।

स्वदेश फर्केको केही समयपछि स्वास्थ्य समस्याका कारण उनलाई बैङ्ककको जेलबाट प्रहरी अस्पतालमा सारिएको थियो । गत सेप्टेम्बरमा थाइल्यान्डका राजा महा वजिरालोङकोर्नले थाक्सिनको आठ वर्षको जेल सजाय घटाएर एक वर्ष कायम गरेका थिए । थाक्सिन सन् २००१ देखि २००६ सम्म दक्षिणपूर्वी एसियाली मुलुक थाइल्याण्डको प्रधानमन्त्री थिए तर सन् २००८ देखि उनी स्वनिर्वासनमा थिए ।

प्रकाशित मिति : ६ फाल्गुन २०८०, आइतबार  २ : ५७ बजे

सुनचाँदीको मूल्य घट्यो

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्य घटेको छ । सुन

१३ दिनको हिरासत बसाइपछि अस्पतालबाटै रिहा भए केपी ओली

काठमाडौं- नेकपा एमाले अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली १३ दिनको

प्रि ओपन सेसन : साढे २ अंक बढीको वृद्धि

काठमाडौँ– प्रि ओपन सेसनमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बिहीबार

युद्धविरामपछि पनि गाजामा इजरायली दमन: ड्रोन आक्रमणमा अलजजिराका पत्रकार मारिए

गाजा – इजरायली सेनाको ड्रोन आक्रमणमा अल जजिरा मुबासेरका संवाददाता

धवलागिरी क्याम्पसमा छात्रवृत्तिका लागि अक्षयकोष स्थापना

बागलुङ– बागलुङको धवलागिरी बहुमुखी क्याम्पसमा एक करोड बढीको अक्षयकोष स्थापना