प्रतिकात्मक तस्वीर

आर्थिक

दोहोरो अंकले घट्यो नेप्से

By खबरहब

February 18, 2024

काठमाडौं- आइतबार नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । चालु साताको पहिलो कारोबार दिन आइतबार २७.२१ अंकले घटेको सेयर बजार २०३४.८२ विन्दुमा पुगेर बन्द भएको छ ।

यसदिन ३१५ कम्पनीको १ करोड ७ लाख ७२ हजार ८४३ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ७७ करोड ५४ लाख २२ हजार १९६ रुपैयाँको कारोबार भएको छ ।

यसदिन २१ वटा कम्पनीको सेयर मूल्य बढ्दा २२५ कम्पनीको घटेको छ भने २ वटा कम्पनीको स्थिर छ ।