वित्तीय क्षेत्रका समस्या समाधान गर्न बैंकिङ कसुर तथा सजाय विधेयक ल्याइएको हो : मन्त्री महत | Khabarhub Khabarhub

वित्तीय क्षेत्रका समस्या समाधान गर्न बैंकिङ कसुर तथा सजाय विधेयक ल्याइएको हो : मन्त्री महत


६ फाल्गुन २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


216
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अर्थमन्त्री डा प्रकाशशरण महतले बैंक, वित्तीय संस्था तथा सहकारी संस्थामा देखिएको समस्या समाधान गर्न बैंकिङ कसुर तथा सजाय (दोश्रो संशोधन) विधेयक ल्याइएको बताएका छन् ।

आइतबार प्रतिनिधिसभा बैठकमा उक्त विधयेकमाथि विचार गरियोस् भन्ने प्रस्तावको छलफलका क्रममा आएका जिज्ञासाको जवाफ दिँदै मन्त्री महतले चेक अनादारमात्रै नभइ समग्र बैंकिङ क्षेत्रमा देखिएका समस्या समाधान गर्न संशोधित विधेयक ल्याइएको बताएका हुन् ।

उनले विधेयकमा बैकिङ्क कसुरको सजायलाई व्यवस्थीति र निरुत्साहित गर्ने व्यवस्था राखिएको जानकारी दिए । विद्युतीय आर्थिक अपराधलाई नियन्त्रण गर्न मन्त्रिपरिषदबाट अघि बढाएर बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन (बाफिया) ऐन संसदमा पेश गर्न लागिएको उनले बताए । यस विधेयकमा समेटिन नसकिएका विषयलाई बाफिया ऐनमा समावेश गरिने उनको भनाइ छ ।

बैठकले बैकिङ कसुर तथा सजाय (दोश्रो संशोधन) विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्तावलाई सर्वसम्मत पारित गरेको छ ।

प्रकाशित मिति : ६ फाल्गुन २०८०, आइतबार  ४ : ४१ बजे

स्वास्थ्य मन्त्रालय र सडक विभागको भवनमा पनि आगजनी

काठमाडौँ – जेन-जी प्रदर्शन रोकिएपछि पनि अराजकता फैलाउँदै हिँडेको समूहले

सडकमा आयो सेना, उच्छृङ्खल गतिविधि भए खबर गर्न अनुरोध

काठमाडौँ – जेन-जी आन्दोलनले सरकारलाई बढारेपछि पनि मच्चिएको अराजकता नियन्त्रण

सशस्त्र प्रहरीले भन्यो – क्षति कम हुनेगरी परिचालित भयौँ, अब संयमता अपनाऔँ

काठमाडौँ – सशस्त्र प्रहरी बल नेपालले जेन-जी आन्दोलन क्रममा क्षति

एनसेलले दुई दिनका लागि कल, एसएमएस र इन्टरनेट निःशुल्क गर्‍यो

काठमाडौँ – टेलिकम सेवा प्रदायक एनसेलले दुई दिनका लागि भ्वाइस,

भक्तपुर कारागारबाट १४२ अपराधी र कैदी भागे

काठमाडौँ – भक्तपुर कारागारबाट १४२ जना अपराधी र कैदी भागेका