पोर्चुगल पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ | Khabarhub Khabarhub

पोर्चुगल पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ


६ फाल्गुन २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


591
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पोर्चुगल पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा चितवन खैरेनी नगरपालिका-२ घर भई हाल भक्तपुरको सुर्यविनायक नगरपालिका- २ बालकोट बस्ने २६ वर्षीय समीर कुमार कर्ण रहेका छन् ।

कर्णले सम्पूर्ण तामाङलाई वैदेशिक रोजगारीको लागि पोर्चुगल पठाइदिन्छु, त्यसको लागि १६ लाख रुपैयाँ लाग्छ र पोर्चुगल पुगेपछि प्रतिष्ठित कम्पनीमा प्याकिङकाे काम लगाइदिन्छु जहाँ मासिक १ लाख ५० हजार रुपैयाँ तलब हुन्छ भन्दै प्रलोभनमा पारी पटक पटक गरी ८ लाख ३० हजार रुपैयाँ लिई ठगी गरेको आरोपमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले उनको खोजतलास गर्ने क्रममा शुक्रबार बानेश्चर पानीट्याङकीबाट पक्राउ गरेको हो ।

उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौं पठाइएको प्रहरीले जनाएको छ  ।

प्रकाशित मिति : ६ फाल्गुन २०८०, आइतबार  ६ : ०४ बजे

मितेरी पुल बगाउँदा कैलाश मानसरोवर जाने यात्रु समस्यामा

काठमाडौं– पर्वतीय पर्यटक व्यवसायीको छाता संस्था ट्रेकिङ एजेन्सीज् एशोसियशन अफ

खैरो हेरोइनसहित ४ जना पक्राउ

धनगढी– कैलालीमा लागूऔषध खैरो हेरोइनसहित चारजना पक्राउ परेका छन् ।

बैतडीमा जीप दुर्घटना, दुई जनाको मृत्यु, ६ घाइते

बैतडी– बैतडीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ

ट्रम्पलाई अचम्ममा पार्ने लाइबेरियाको विगत

लाइबेरिया खेलकुद जगतमा पहिलो पटक चर्चामा सन् १९९५ मा आएको

बर्सातका कारण सुनसान बने ‘होमस्टे’

बागलुङ– बागलुङमा सबैभन्दा बढी चर्चित छ भकुण्डेको अतिथि सत्कार घरबास