मधेसका मुख्यमन्त्री यादवले तेस्रो पटक पाए विश्वासको मत | Khabarhub Khabarhub

मधेसका मुख्यमन्त्री यादवले तेस्रो पटक पाए विश्वासको मत


६ फाल्गुन २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम- मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले प्रदेशसभामा विश्वासको मत पाएका छन् ।

आइतबार बसेको मधेस प्रदेशसभाको बैठकमा मुख्यमन्त्री यादवले तेश्रो पटक विश्वासको मत प्राप्त गरेका हुन् । प्रदेशसभा बैठकमा उपस्थित १ सय ४ जनामध्ये मुख्यमन्त्री यादवलाई ६९ सांसदले विश्वासको मत दिएका थिए भने विश्वासको मतको विपक्षमा ३५ मत परेको थियो ।

मुख्यमन्त्री यादवले विश्वासको मतका लागि राखेको प्रस्तावमा बहुमत सदस्यले मत दिएकाले विश्वासको मत प्राप्त भएको मधेस प्रदेशका सभामुख रामचन्द्र मण्डलले घोषणा गरे ।

गत माघ ९ गते जनमत पार्टी सरकारबाट बाहिरिएपछि र समर्थनसमेत फिर्ता लिएपछि मुख्यन्त्री यादवले विश्वासको मत लिएका हुन् । जनता समाजवादी पार्टीका यादव गत पुस २७ गते मधेश प्रदेशको मुख्यमन्त्री नियुक्त भएका थिए ।

प्रकाशित मिति : ६ फाल्गुन २०८०, आइतबार  ६ : २७ बजे

स्वास्थ्य मन्त्रालय र सडक विभागको भवनमा पनि आगजनी

काठमाडौँ – जेन-जी प्रदर्शन रोकिएपछि पनि अराजकता फैलाउँदै हिँडेको समूहले

सडकमा आयो सेना, उच्छृङ्खल गतिविधि भए खबर गर्न अनुरोध

काठमाडौँ – जेन-जी आन्दोलनले सरकारलाई बढारेपछि पनि मच्चिएको अराजकता नियन्त्रण

सशस्त्र प्रहरीले भन्यो – क्षति कम हुनेगरी परिचालित भयौँ, अब संयमता अपनाऔँ

काठमाडौँ – सशस्त्र प्रहरी बल नेपालले जेन-जी आन्दोलन क्रममा क्षति

एनसेलले दुई दिनका लागि कल, एसएमएस र इन्टरनेट निःशुल्क गर्‍यो

काठमाडौँ – टेलिकम सेवा प्रदायक एनसेलले दुई दिनका लागि भ्वाइस,

भक्तपुर कारागारबाट १४२ अपराधी र कैदी भागे

काठमाडौँ – भक्तपुर कारागारबाट १४२ जना अपराधी र कैदी भागेका