विवाहका निम्ति वडाको सिफारिस अनिवार्य « Khabarhub

विवाहका निम्ति वडाको सिफारिस अनिवार्य


६ फाल्गुन २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


174
Shares
  • change font
  • change font
  • change font

कालीकोट । कालीकोट जिल्लाको रास्कोट नगरपालिका वडा नम्बर–४ ले विवाह गर्न वडाका सबैले अनिवार्यरूपमा सिफारिस लिनुपर्ने नियम बनाएको छ । बालविवाह रोक्ने उद्देश्यले वडा कार्यालयले वडाको सिफारिस अनिवार्य गरेको हो ।

विवाहका लागि वडाबाट सिफारिस लिँदा उनीहरुको वास्तविक जन्ममिति थाहा हुने र बालविवाह घटाउन सहयोग पुग्ने वडाध्यक्ष दिनेश सन्ज्यालले बताए । “उमेर पुगेका युवायुवतीले वडा कार्यालयबाट अनिवार्य सिफारिस लिनुपर्ने नियम लागु गरेका छौँ ” उनले भने,“जन्मदर्ता र नागरिकता साथमा ल्याई विवाहका लागि सिफारिस लिन सकिनेछ ।”

वडाको नियम उल्लङ्घन गरेमा कानुन बमोजिम कारबाही गरिने प्रतिबद्धता वडाध्यक्ष सन्ज्यालले व्यक्त गरे । “कानूनमा ‘बिहेवारी बीसवर्ष पारी’ भन्ने गरिए पनि व्यवहारमा भने यो पूर्णरुपमा कार्यान्वयन हुन सकेको छैन ।” उनले भने,“त्यसको व्यवहारिक कार्यन्वयनका लागि सिफारिसलाई अनिवार्य बनाएका हौँ,।”

बालविवाह हुननदिन लागि विद्यालयमा चेतनामूलक कार्यक्रम सञ्चालन गरेको र उमेर नपुग्दै विवाह हुने क्रमलाई रोक्न ज्योतिष र पण्डितलाई पनि बालबालिकासँगै सहभागी बनाएर चेतनामूलक कार्यक्रम आयोजना गर्ने गरेको वडाध्यक्षले बताए ।

प्रकाशित मिति : ६ फाल्गुन २०८०, आइतबार  ८ : ४४ बजे

भारतमा ट्याङ्कर दुर्घटना भएर बसमा ठोक्किँदा आगलागी : नौ जनाको मृत्यु

काठमाडौं – भारतको कर्नाटकमा बस र ट्याङ्कर दुर्घटनापछि आगलागी हुँदा

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका