एफए कप : चेल्सी सेमिफाइनलमा प्रवेश « Khabarhub

एफए कप : चेल्सी सेमिफाइनलमा प्रवेश


५ चैत्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– एफए कप फुटबलमा चेल्सी सेमिफाइनलमा प्रवेश गरेको छ । गएराति लेस्टर सिटीलाई ४–२ गोलले हराउँदै चेल्सी सेमिफाइनलमा पुगेको हो ।

चेल्सीका मार्क कुकुरेला, कोल पाल्मर, कार्ने चुक्वाहमेका र नोनी मडेकले गोल एक–एक गोल गरे । लेस्टरका लागि स्टेफी माविडिडीले एक गोल गरे भने एक गोल आत्मधाती उपहार स्वरुप प्राप्त भएको थियो ।

चेल्सीका कुकुरेलाले खेलको १३औँ मिनेटमा गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । यस्तै पहिलो हाफको इन्जुरी समयमा पाल्मेरले गोल गर्दै टोलीको अग्रतालाई दोब्बर बनाए ।

त्यसपछि ५१ मिनेटमा चेल्सीका एक्सल डिसासीले आत्मघाती गोल गरेपछि खेले २–१ गोलको अवस्थामा आयो । यसैगरी खेलको ६२औँ मिनेटमा माविडिडीले गोल गर्दै लेस्टर सिटी २–२ गोलको बराबरीमा आइपुग्यो ।

त्यसपछि दोस्रो हाफको इन्जुरी समयमा चेल्सीका चुक्वाहमेका र मडेकले गोल गर्दै टोलीलाई ४–२ गोलको जित दिलाए ।

प्रकाशित मिति : ५ चैत्र २०८०, सोमबार  ७ : १२ बजे

नागरिक आवास कार्यक्रम रकम कटौति भएपछि…

भोजपुर– सङ्घीय सरकारले बजेट नदिएपछि भोजपुरको रामप्रसाद राई गाउँपालिकाले सुरक्षित

उच्च पहाडी तथा हिमाली भूभागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

उम्मेदवारका लागि खाता सञ्चालन गरिदिन राष्ट्र बैंकलाई आयोगको पत्राचार

काठमाडौं– निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यको निर्वाचनको उम्मेदवारका लागि बैङ्किङ खाता

हुम्लामा हिमपात, जनजीवन प्रभावित

हुम्ला– हुम्लामा हिमपात भएको भएको छ । गतभदौदेखि वर्षात् नभएको

प्रतिनिधिसभा समानुपातिकतर्फको ५० लाख मतपत्र छाप्न बाँकी

काठमाडौं– निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फको एक करोड ५० लाख