अस्पताल भवन निर्माणमा ढिलाइ हुँदा सेवा प्रभावित « Khabarhub

अस्पताल भवन निर्माणमा ढिलाइ हुँदा सेवा प्रभावित


५ चैत्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– कार्ययोजना र लक्ष्यअनुसार काम भएको भए  बेनी अस्पतालको भवन चार वर्ष अघि नै निर्माण भइसक्थ्यो तर काम सुरु गरेको ७ वर्ष बितिसक्दा पनि ७५ प्रतिशतभन्दा बढी काम भएको छैन ।

पचास शय्याको अस्पताल भवन निर्माणमा भएको ढिलासुस्तीका कारण बिरामीको उपचार प्रभावित भएको बेनी अस्पताल व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र सुवेदीले बताए ।

‘पचास शय्या क्षमता भएपनि १५ शय्याको संरचना र पूर्वाधारबाट सेवा दिनुपर्ने बाध्यता छ’, उनले भने, ‘पुराना र साँघुरा भवनमा अस्पताल सञ्चालन गर्न समस्या भएको छ ।’ म्याग्दीका साथै पर्वत, बागलुङ र मुस्ताङका सर्वसाधारणले सेवा लिने अस्पतालले ६ वर्षयता अस्थायी संरचनाबाट सेवा सञ्चालन गर्दै आएको छ ।

सघन सहरी तथा भवन निर्माण आयोजना बागलुङले २०७३ मङ्सिर २१ गते भवन निर्माणका लागि महादेव खिम्ती–गल्वा–रफिना जेभीसँग १८ करोड ८४ लाख आठ हजार ८९ मा ठेक्का सम्झौता गरेको थियो । भवन  २०७६ मङ्सिर २० गते निर्माण सम्पन्न गर्नुपर्ने सम्झौता भएको थियो । चौथो पटक थपिएको म्याद यही महिना समाप्त हुँदैछ । दैनिक पाँच–छ जना मजदुरले मात्र काम गर्दा निर्माणले गति लिन नसकेको हो ।

आयोजनाका प्रमुख सुनिता श्रेष्ठका अनुसार चार हजार ९६३ वर्गमिटर क्षेत्रफलमा निर्माणाधीन चारतले तीन वटा भवन ढलान भएका छन् तर अन्य काम  झ्यालढोका राख्नेलगायत काम बाँकी छ । ‘ठेकेदारले कार्यस्थल पनि छाडेका छैनन्, कामलाई गति पनि दिएका छैनन्’, उनले भने, ‘पछिल्लो पटक पेस गरेको कार्ययोजनाअनुसार निर्माणलाई गति नदिए ठेक्का तोडेर कालोसूचीमा राख्ने प्रक्रिया अघि बढाएका छौँ ।’

हालम्म १४ करोड भुक्तानी भइसकेको भवनको भौतिक प्रगति ७५ प्रतिशत रहेको छ । चालु आर्थिक वर्षमा ६८ लाख बजेट विनियोजन भएको छ । थप बजेट व्यवस्थापनका लागि रकमान्तर गर्न मन्त्रालयमा प्रस्ताव पठाएको आयोजना प्रमुख श्रेष्ठले बताए ।  

१५ शय्याको अस्पताललाई २०७२ सालमा ५० शय्यामा स्तरोन्नति गरिएको हो । नयाँ भवन बनाउन अस्पतालको पुरानो भवन भत्काइएको थियो । बहिरङ्ग कक्षको सेवा अस्थायी भवनबाट सञ्चालन गरिएको छ । आकस्मिक र अन्तरङ्ग कक्ष पुरानो प्रशासनिक भवनबाट सञ्चालन गरिएको छ । स्वास्थ्य कार्यालयको भवनमा अस्पताल प्रशासन र व्यवस्थापन समितिको कार्यालय राखिएको छ ।

 

प्रकाशित मिति : ५ चैत्र २०८०, सोमबार  ८ : ०९ बजे

भारतमा ककरोचको आन्दोलन जारी, राहुलले भने, ‘प्रधानमन्त्री मोदी र गृहमन्त्रीले पनि राजीनामा दिऊन्’

नयाँ दिल्ली– केन्द्रीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामाको माग गर्दै

अमेरिकी अतिरिक्त करप्रति क्यानाडाको कडा आपत्ति

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले केही क्यानाडाली वस्तुमा थप

सरकारविरुद्ध राहुल र प्रियङ्का गान्धी पनि सडकमा

काठमाडौं- राजधानी दिल्लीमा आयोजित प्रदर्शनमा सहभागीमाथि सुरक्षाकर्मीले लाठीचार्ज गरेपछि भारतमा

इरानको प्रतिकारमा अहिलेसम्म १७ अमेरिकी सैनिकको मृत्यु, ४३० भन्दा बढी घाइते

काठमाडौं– इरानमाथि आक्रमण गरेयता १७ जना अमेरिकी सैनिकको मृत्यु भएको

भारतमा शिक्षामन्त्री धर्मेन्द्र प्रधानविरुद्ध आन्दोलन जारी

नयाँ दिल्ली- भारतमा परीक्षा प्रणाली सुधार र शिक्षामन्त्री धर्मेन्द्र प्रधानको