मिथिलाञ्चलमा विधिवत रूपमा होली पर्व सुरु « Khabarhub

मिथिलाञ्चलमा विधिवत रूपमा होली पर्व सुरु


५ चैत्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

महोत्तरी– महोत्तरीको भङ्गहा नगरपालिका– ९ कञ्चनवनमा भगवान रामचन्द्र र माता जानकीले प्रतिकात्मक रूपमा होली खेलेसँगै सम्पूर्ण मिथिलाञ्चलमा आजदेखि होली पर्व विधिवत रुपमा सुरु भएको छ ।

संसारकै लामो यात्रा मानिएको १५ दिने माध्यमिकी परिक्रमा अन्तर्गत आज  बिहान महोत्तरीको कञ्चनवनमा साधु, सन्त, महात्माले भगवान रामचन्द्र र सीता माताको प्रतिमामा रङ, अबिर हालेपछि सम्पूर्ण मिथिलाञ्चलमा विधिवत रूपमा होली प्रारम्भ भएको हो ।

पन्ध्र दिने माध्यमिकी परिक्रमा अन्तर्गत सातौँ दिनको बासस्थानका लागि भङ्गहा नगरपालिका–९ कञ्चनवनमा पुगेका साधु, सन्त, महात्मासहित सम्पूर्ण परिक्रमा यात्रीले आज बिहान भगवान रामचन्द्र र माता सीताको डोला र मूर्तिमा रङ र अबिर लगाइयो भने परिक्रमामा सहभागी सयौँ साधुसन्त र  परिक्रमा यात्रीले एकापसमा रङ अबिर दलेका थिए ।

होलीको विधिवत् प्रारम्भसँगै प्रत्येक वर्षझैँ यस वर्ष पनि आजै बेलुकादेखि मिथिलाञ्चलको गाउँगाउँमा होलीका गीत गाउने, नाचगान गर्ने, हाँसो ठट्टा र व्यङ्गात्मक कविता वाचन तथा चुट्किला भन्ने तथा नाटक देखाइनेछ ।

प्रकाशित मिति : ५ चैत्र २०८०, सोमबार  १० : ०७ बजे

कांग्रेस सभापति गगन थापाको आज पदबहाली, केन्द्रीय समितिको शपथ भने दसैँपछि

ललितपुर – नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट सभापतिमा नवनिर्वाचित गगनकुमार थापाको

दसैँले आत्मीयता र सांस्कृतिक विरासत जीवन्त राखेको छ: राष्ट्रियसभा अध्यक्ष

काठमाडौँ – राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रिय एकता, सामाजिक सद्भाव,

आजको मौसम पूर्वानुमान : यस्तो छ मौसम

काठमाडौँ – नेपाल मौसम विज्ञान विभागले आज दिउँसो कोशी, बागमती

दसैँ असत्यमाथि सत्यको विजय उत्सव भन्दै राष्ट्रपतिले दिए बडादसैँको शुभकामना

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँ २०८३ का अवसरमा स्वदेश

घ्यूका नाममा बेच्न प्रतिबन्धित चिल्लो पदार्थ बरामद

कर्णाली – खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतले वीरेन्द्रनगरस्थित