गर्भावस्थाको शुरूमै वाकवाकी र बान्ता भए के गर्ने ? « Khabarhub

गर्भावस्थाको शुरूमै वाकवाकी र बान्ता भए के गर्ने ?


५ चैत्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


11k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– महिलामा गर्भ रहेको सुरुवाती समयमा नै हुने वाकवाकी र बान्ता हुन्छ, जसलाई मर्निङ सिक्नेस पनि भनिन्छ । यो समस्या प्रायजसो गर्भवती महिलालाई देखिनु सामान्य मानिने चिकित्सकहरू बताउँछन्। जुन प्राय महिलाहरूमा हुन सक्छ ।

अर्थात् महिलाको महिनावारी बन्द भएर वाकवाकी शुरु हुनु गर्भवतीको सुरुवाती लक्षण हो । तर, कहिलेकाहीँ पेटसम्बन्धी र अरू समस्याको कारणले पनि यस्तो हुनसक्छ ।

विभिन्न अध्ययन अनुसार ७० देखि ८० प्रतिशत गर्भवती महिलालाई यो समस्या देखिने गरेको छ । यस समस्या मुख्यतया गर्भावस्थाको पहिलो ३ महिनासम्म हुने गर्छ ।

जुन गर्भावस्थाको ६ देखि ८ हप्तामा शुरु भई १२ देखि १४ हप्तामा प्रायः महिलाहरूमा बिस्तारै कम हुँदै जान्छ । तर, कोही महिलालाई भने गर्भावस्थाको अन्तिम समयसम्म पनि हुने गर्छ ।

वाकवाकी र बान्ता हुने समस्याबाट यसरी छुटकारा पाउन सकिन्छ : 

– मौसम अनुसारका तरकारी तथा फलफूलहरु प्राकृतिक रूपमा सेवन गर्ने ।

– गर्भवती महिलाले आफूलाई जुन कुराले वाकवाकी बढाउँछ, त्यसबाट सकेसम्म टाढा बस्ने, विशेषतः भान्सामा खाना पकाउँदाको गन्धले प्रायः महिलालाई वाकवाकी बढाउँछ । यस्तो समयमा महिलालाई काममा परिवारका सदस्यहरूले सहयोग गर्नुपर्छ ।

–बस्ने कोठामा पनि हावा आवतजावत हुने खालको गन्धरहित वातावरण बनाउने ।

– यो समस्या गर्भवती अवस्थाको शुरुका तीन महिनापछि बिस्तारै हराउँदै जान्छ । यसको लागि विशेष उपचार आवश्यक पर्दैन । यो समस्या कम गर्न गर्भवती महिलालाई बिहान उठ्ने बित्तिकै सुख्खा खानेकुरा, जस्तै: बिस्कुट, टोस्ट, रोटी, चिउरा, मकै, भटमास जस्ता खानेकुरा खाएर मात्र ओछ्यानबाट निस्कनु पर्छ ।

– अदुवा, पुदिना, नुन भएको खानेकुरा खाने ।

– बिहानको समयमा झोल कुरा कम खाने । झोल कुरा बिस्तारै दिउँसो हुँदै गर्दा बढाउँदै जाने ।

– खाना खादा थोरै थोरै तर बेलाबेलामा खाने र लामो समय पेट खाली नराख्ने ।

– कार्बोहाइड्रेट र प्रोटिनको मात्रा बढी भएको खाना खाने ।

–  चिल्लो कम भएको सादा खाना खाने ।

– बिहान उठ्ने बित्तिकै र खाना खाने बित्तिकै दाँत माझ्नाले वाकवाकी बढाउन सक्छ । त्यसैले खाना खाएको कम्तीमा एक घण्टापछि मात्र दाँत माझ्ने ।

–  पर्याप्त आराम पुगेन भने पनि धपेडीले पनी वाकवाकी हुन सक्छ ।

– कतिपय महिलालाई वाकवाकी, बान्ताले गर्दा केही कुरा पनि खान नसक्ने र पेटमा नरहने गरी जटिल छ भने तुरुन्त अस्पतालमा जाने ।

प्रकाशित मिति : ५ चैत्र २०८०, सोमबार  १२ : २३ बजे

विश्व शान्ति कार्यक्रम’ लुम्बिनीमा आजबाट सुरु

लुम्बिनी– लुम्बिनीको अन्तर्राष्ट्रिय बुद्धिस्ट कन्फरेन्स हलमा तीन दिने ‘विश्व शान्ति

११औँ जिल्लास्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु

म्याग्दी– जिल्ला सदरमुकाम बेनीमा ११औँ जिल्लास्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद

खानेपानी संस्थान धनगढीको बक्यौता दुई करोड ३१ लाख

कैलाली– लामो समयदेखि धनगढीमा खानेपानी वितरण गर्दै आएको नेपाल खानेपानी

वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद

विराटनगर– मोरङ प्रहरीले रङ्गेली नगरपालिका–८ स्थितबाट बेवारिसे अवस्थामा ठूलो परिमाणमा

जसपा नेपालले केन्द्रीय नेतालाई निर्वाचन केन्द्रित गर्दै

काठमाडौं– जनता समाजवादी पार्टी (जसपा) नेपालले आफ्ना केन्द्रीय सदस्यलाई निर्वाचन