दलित तथा सीमान्तकृत महिलालाई बिउपुँजी प्रदान « Khabarhub

दलित तथा सीमान्तकृत महिलालाई बिउपुँजी प्रदान


५ चैत्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


495
Shares
  • change font
  • change font
  • change font

गोदावरी– कैलालीका दुई स्थानीय तहका दलित तथा सीमान्तकृत महिलालाई बिउपुँजी प्रदान गरिएको छ । धनगढी उपमहानगरपालिका र गौरीगङ्गा नगरपालिकाका दलित तथा सीमान्तकृत महिलालाई उद्यमी बनाउने उद्देश्यले बिउपुँजी प्रदान गरिएको हो । 

दुईवटै स्थानीय तहका विभिन्न वडामा गठन गरिएका महिला समूहका सदस्यमध्ये १०-१० जनालाई छनोट गरी जनही रु २१ हजारका दरले बीउपुँजी प्रदान गरेको दलित महिला सङ्घ(फेडो)ले जनाएको छ । सो पुँजी दलित तथा सीमान्तकृत समुदायका महिलाले उद्यमशील क्षेत्रमा खर्च गर्नुपर्ने दलित महिला सङ्घ(फेडो) कैलालीका कार्यक्रम संयोजक विनोद घिमिरेले बताए ।

आर्थिक अवस्था कमजोर भएका दलित तथा सीमान्तकृत समुदायका महिलालाई आत्मनिर्भर बनाउने उद्देश्यले बिउपुँजी वितरण गरिएको उनले बताए। दुईवटै पालिकाबाट छनोट भएका समूहका महिलालाई उद्यमी बनाउन तालिम दिएर बिउपुँजी प्रदान गरिएको जनाइएको छ । 

बिउपुँजी पाएका महिलाले सो पुँजी लगानी गरी एक वर्षभित्र उक्त रकम आआफ्नो समूहमा फिर्ता गरेर अरु उद्यमी महिलामा लगानी गर्नुपर्ने घिमिरेले बताए। उपमहानगरपालिकाका विभिन्न वडामा गठन गरिएका पाँच समूहमध्ये एक समूहबाट दुई जनाका दरले १० महिलालाई छनोट गरी रकम हस्तान्तरण गरिएको फेडो कैलालीका अध्यक्ष सविना सुनारले बताए।

उपमहानगरपालिकाको संयोजनमा वडा नं १, ३, ५, १२ र १८ का महिलालाई बिउपुँजीबापत रकम प्रदान गरिएको हो । यसैगरी गौरीगङ्गाका वडा नं ३, ६, ७, ८ र ९ बाट दुई-दुई महिला छनोट गरी बिउपुँजी हस्तान्तरण गरिएको जनाइएको छ । 

दलित तथा सीमान्तकृत महिलालाई अधिकार मात्र नभएर आत्मनिर्भर हुन आवश्यक रहेकाले अधिकारसँगै क्षमता अभिवृद्धि गर्न आवश्यक रहेको अध्यक्ष सुनारको भनाइ छ । प्रदान गरिएको रकम उत्पादनशील क्षेत्रमा लगानी गर्नुपर्ने जनाइएको छ ।

 न्यून आय भएका दलित तथा सीमान्तकृत महिलालाई वितरण गरिएको सानो पुँजीले उद्यमशील बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको जनाइएको छ ।

प्रकाशित मिति : ५ चैत्र २०८०, सोमबार  १२ : ५४ बजे

सुकुम्वासीलाई सञ्चालन गरेको शिविरमा दुई सय बढीको उपचार

काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सुकुम्वासी बस्तीका नागरिकका

अमेरिका र स्कटल्यान्डससँग खेल्ने नेपाल ‘ए’ टोली घोषणा

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान)ले अमेरिका र स्कटल्यान्डसँग खेल्ने

कुष्ठ प्रभावित व्यक्तिलाई आर्थिक सहयोग प्रदान

काठमाडौं – नेपाल कानुन समाज र ग्रामीण विकास प्रतिष्ठानले कुष्ठ

पोखरामा पाँच लाख पुरस्कार राशिको महिला गोल्डकप सुरु, पुलिस फाइनलमा

कास्की – देशको पर्यटकीय राजधानी पोखरामा आजदेखि महिला गोल्डकप फुटबल

कञ्चनपुरमा टिपरको ठक्करबाट एक किशोरको मृत्यु

कञ्चनपुर – कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–१ मा आज टिपरको ठक्करबाट