डढेलो नियन्त्रणका लागि उच्च सावधानी अपनाउँदै निकुञ्ज « Khabarhub

डढेलो नियन्त्रणका लागि उच्च सावधानी अपनाउँदै निकुञ्ज


५ चैत्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


231
Shares
  • change font
  • change font
  • change font

चितवन– चितवन राष्ट्रिय निकुञ्ज र आसपासमा रहेका मध्यवर्ती सामुदायिक वनमा डढेलोका कारण हुनसक्ने समस्याका लागि निकुञ्जले उच्च सावधानी अपनाएको छ । निकुञ्ज र मध्यवर्ती सामुदायिक वनमा अग्निरेखा निर्माण, सरसफाइजस्ता कामलाई तीव्र बनाइएको हो ।

निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार निकुञ्जमा डढेलो नियन्त्रणका लागि कर्मचारी, निकुञ्ज सुरक्षार्थ खटिएका नेपाली सेनालगायतको टोलीलाई तयारी अवस्थामा राखिएको छ । अग्नि नियन्त्रणका आवश्यक सामग्री तयारी अवस्थामा राखिएको उनले जानकारी दिए।

उनका अनुसार निकुञ्ज र मध्यवर्ती सामुदायिक वन क्षेत्रमा आगलागी हुन नदिनका लागि उपभोक्तालाई सचेतना जगाउने कार्यलाई तीव्र पारिएको छ । उनले भने, ‘डढेलोबाट हुने क्षति र यसको प्रभावका विषयमा हामीले जनमानसमा चेतना फैलाउने काम गरिरहेका छौँ ।’

सामुदायिक वन क्षेत्रमा डढेलो लागेमा समुदायलाई नै परिचालन गरी डढेलो नियन्त्रण गर्ने योजना बनाइएको छ । डढेलोका कारण संरक्षित वन्यजन्तुलाई पर्ने असरका बारेमा जानकारी गराइएको उनले बताए । तिवारीका अनुसार साना संरक्षित वन्यजन्तुमा धेरै असर पर्ने गरेको छ । यस्तै वनस्पतिमा डढेलोले असर पर्ने भएकाले यसलाई नियन्त्रणसँगै डढेलो नै लाग्न नदिनका लागि निकुञ्जले काम गरिरहेको उनले जानकारी दिए ।

चितवन राष्ट्रिय निकुञ्ज नौ सय ५२ दशमलव ६३ वर्ग किलोमिटरमा फैलिएको छ भने मध्यवर्ती सामुदायिक वन सात सय २९ दशमलव ३७ वर्ग किलोमिटरमा फैलिएको छ । मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष प्रकाश ढुङ्गाना डढेलो नियन्त्रणका लागि समुदायस्तरमा तालिम, सचेतनालगायत कार्यक्रम नियमित सञ्चालन गरिरहेको बताउँछन्। 

उनले निकुञ्ज र मध्यवर्ती क्षेत्रमा आगलागी भएमा वन, वन्यजन्तुसँग, मानव र मानवबस्तीमा असर पर्ने भएकाले स्थानीय बासिन्दासमेत सचेत रहेको बताए। उनले डढेलो लाग्नै नदिने र लागि हालैमा के गर्ने भन्नेबारेमा आममध्यवर्तीवासीलाई प्रशिक्षित गराइएको जनाउँदै संरक्षणमा सबै जुट्ने बताए।

प्रकाशित मिति : ५ चैत्र २०८०, सोमबार  १ : ०४ बजे

श्रीलङ्काद्वारा चक्रवातले क्षतिग्रस्त घरहरू पुनर्निर्माणका लागि बृहत् राहत योजना सार्वजनिक

कोलम्बो – विपद्ग्रस्त श्रीलङ्काले घातक चक्रवातले क्षतिग्रस्त घरहरू पुनर्निर्माण गर्न

यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते

सुनसरी – धरानबाट विराटनगरतर्फ जाँदै गरेको यात्रुबाहक बस दुर्घटना हुँदा

एमाले मजवुद भए मुलुकको अराजकता अन्त्य हुन्छ : प्रदीप ज्ञवाली

ललितपुर – नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले मूलुकभित्रको अराजकता र

जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड

धनुषा – नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गणतन्त्रपछि

चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते

धादिङ – पृथ्वी राजमार्गअन्तर्गत धादिङको धुनिबेँसी नगरपालिका–६ चालिसेमा भएको दुर्घटनामा