खर्च अभावले खुम्चियो फिल्म महोत्सव, नेपाली सिनेमाका लागि आशको त्यान्द्रो | Khabarhub Khabarhub

खर्च अभावले खुम्चियो फिल्म महोत्सव, नेपाली सिनेमाका लागि आशको त्यान्द्रो


५ चैत्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : 4 मिनेट


405
Shares
  • change font
  • change font
  • change font

नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ) सातौं संस्करणको अन्तिम चरणमा छ । काठमाडौं जारी सातौं संस्करणमा ४० देशका ८८ फिल्म महोत्सवमा सहभागी छन् ।

नेपालको गैर सरकारी संस्था नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानले हरेक वर्ष यो महोत्सव सञ्चालन गर्दै आएको छ । महोत्सव आर्थिक अभावका कारण आकार खुम्चिएर गर्नुपर्ने बाध्यता रहेको आयोजकको गुनासो छ ।

बजेटकै दायराका कारण महोत्सवमा योजनाअनुरुप अन्तरक्रिया राख्न नसकिएको प्रष्ठिानका अध्यक्ष केपी पाठक गुनासो गर्छन् ।

‘राम्रो महोत्सव आयोजना गर्न करिब दुई करोड खर्च लाग्छ । हामीसँग बजेट अभाव भएकाले नेपाली फिल्म क्षेत्रका लागि अत्यावश्यक विषयमा अन्तरक्रिया राख्न सकेनौं’ पाठक खरबहबसँगको कुराकानीमा भन्छन्, ‘हामीसँग आर्थिक समस्या छ । यो पटक हाम्रो १ करोड ८० लाखको योजना थियो तर बजेट उपलब्ध नभएकाले ५० लाखमा खुम्चियौं ।’

‍निफअन्तर्गतको सिनेमा संवादमा एमाले अध्यक्ष केपी शर्मा ओली र महानायक राजेश हमाल

कसरी सहभागी हुने ?

आयोजकका अनुसार महोत्सवमा सहभागी हुन करिब ६ महिना पहिले आवेदन खुला गरिन्छ । स्वदेशी फिल्मका लागि आवेदन शुल्क राखिएको छैन भने विदेशीको हकमा आवेदन शुल्क १०–१५ डलर लाग्ने आयोजक बताउँछ ।

निफ ‘विश्वभरका कथाहरुको उत्सव’ भएकाले सबै फिल्मले समान स्थान पाउने प्रतिष्ठानका अध्यक्ष पाठकले जनाए । ‘आवेदनपछि हाम्रो फिल्म बुझेका चयन समितिले दिएको रेटिङ आधारमा महोत्सवमा छानिन्छन्,’ उनी थप्छन्, ‘हामीले कति फिल्म लिने पहिला नै निर्धारण गरेका हुन्छौं ।’

यो पटक चयन समितिमा फिल्म निर्देशक यादव भट्टराई, भिडियो सम्पादक शिव पुरी, लेखक पुरु लम्साल, फिल्म लेखक तथा समीक्षक सामिप्यराज तिम्सिना छन् ।

स्वदेशी फिल्मका हकमा भने आयोजक समावेशी बन्ने पाठक बताउँछन् । उनी स्पष्ट पार्छन्, ‘नेसनल फिल्मलाई प्रतिस्पर्धामा लैजाँदा विधा मिलाउन खोज्छौं । चार फिल्म छन् भने सकेसम्म फरक विधाको होस् भन्ने हुन्छ ।’

यस संस्करणमा सन् २०२१ देखि यता निर्माण भएका फिल्म समावेश भएका छन् । अध्यक्ष पाठकका अनुसार आगामी संस्करणमा सन् २०२२ पछि बनेका समावेश हुनेछन् ।

कसरी घोषणा हुन्छ उत्कृष्ट फिल्म ?
आयोजकले उत्कृष्ट फिचर फिल्म र डकुमेन्ट्रीलाई लागि दुईवटा जुरी समिति बनाएको छ । निष्पक्षतालाई मध्यनजर गरी जुरी समितिमा दुई विदेशी र एक स्वदेशीको समिति बनाइएको छ ।

फिचर फिल्मको जुरी समितिको प्रमुखमा चीनका प्राध्यापक सेइ फेय, सदस्यमा जर्मन नायिक करेन एन्जेल र नेपाली नायक प्रदीप खड्का छन् ।
त्यस्तै, डकुमेन्ट्री तर्फको जुरी प्रमुखमा दक्षिण कोरियाकी फिल्म निर्देशक एवं निर्माता मिमी एमजी पार्क छिन् । इजिप्टकी सेफा मोरड र नेपाली नायिक दिया मास्के छिन् ।

निफका इभेन्ट कोअर्डिनेटर शिभ पुरी थप्छन्, ‘हाम्रो अर्को डन क्युजोटे अवार्ड जुरी समिति पनि छ । हामी इन्टरनेशनल फ्रेडरेसन अफ फिल्म सोसाइटी (आईएफएफसी)को पनि सदस्य भएको उसलै अवार्ड उपलब्ध गराउँछ । हामीले घोषणा र प्रदान मात्रै गर्ने हो ।’

यसमा जुरी समितिमा दुई सदस्य आईएफएपसीले तोकिएकै व्यक्ति र एक स्वदेशी सदस्य राख्नुपर्ने बाध्यकारी व्यवस्था रहेको अघिल्लो संस्करणको जुरी सदस्यसमेत रहेका पूरी बताउँछन् ।

यसपटक यस जुरीमा नर्वेकी स्की सेमाली र भीभी महेश्वर रायो र किशोर आचार्य रहेका छन् । पुरीका अनुसार यस जुरीले छुट्टै उत्कृष्ट फिचर फिल्मलाई अवार्ड प्रदान गर्छ ।

निफअन्तर्गतको ‘चलचित्र समीक्षा : ताली कि गाली ?’ अन्तरक्रिया कार्यक्रम

निफको हैसियत
निफ चौथो संस्करणदेखि अनर्राष्ट्रिय फिल्म फेडरेसन सोसाइटीको सदस्य भएका विदेशी उल्लेखनीय सहभागिता भएको अध्यक्ष पाठक दाबी गर्छन् ।

उनी थप्छन्, ‘हामी अमेरिकी प्लेटफर्म फिल्म फ्रि वेको पनि डटकम प्रयोग र्छौं । फिल्म फेस्टिभल खोज्दै जाँदा उहाँहरुले पनि नेपाल भेट्टाउनु हुन्छ । सहभागिता राम्रो छ ।

राज्यको उपेक्षालगायतका कारणले पुरस्कार राशीको बजेट नै जुटाउन मुस्किल भएको आयोजकको गुनासो छ ।

‘तिमीहरु अन्तर्राष्ट्रिय फिल्म महोत्सव गर्ने अनि अन्तर्राष्ट्रिय फिल्मलाई ३–४ वटा अवार्ड राख्छौं । आफ्ना लागि सात वटा अवार्ड राख्छौं । यो त राष्ट्रिय भयो अन्तर्राष्ट्रिय कसरी भयो भन्ने जुरीहरुको आपत्ति छ,’ उनी थप्छन्, ‘यो पटक पनि गम्भीर नै बहस भयो । तिमीहरु राष्ट्रियलाई सात वटा अवार्ड दिन्छौ भने अन्तर्राष्ट्रियलाई १४ वटा अवार्ड राख भन्ने उहाँहरुले जोड छ ।’

जुरीहरुको भनाइअनुसार अवार्ड विस्तार गर्न बजेटले सम्भव नहुने पाठक अनुभव सुनाउँछन् ।

उनी थप्छन्, ‘सबैलाई ट्रफी मात्रै बाँडेर भ्यालु हुँदैन । अहिले नै हाम्रो पुरस्कार राशीमा सात लाख खर्च हुन्छ, अझ थप्यो भने अर्को १४ लाख खर्च हुन्छ । खर्च बढाउने अवस्था नै छैन । स्रोत साधन सीमित छन् ।’

मेकरको तेस्रो रोजाइ ‘निफ’
व्यावासियक कारणले तेस्रो प्राथमिकतामा राख्नुपर्ने निफलाई स्वदेशी मेकरहरुले तेस्रो प्राथमिकता दिने आयोजकको बुझाइ छ ।
विदेशी महोत्सवमा फिल्मले अवार्ड जित्दा अवसरका ढोका खुल्ने सम्भावना अधिक रहेकाले त्यसतर्फ चासो बढी हुनुलाई आयोजकले सामान्य रुपमा लिएको छ ।

‘पहिला त मेकरहरुले विदेशका प्रतिष्ठित अवार्डका लागि नै केन्द्रित हुनुहुन्छ, त्यसपछि अलि कम चर्चामा भएका अवार्डहरुका लागि आवदेन दिनुहुन्छ,’ अध्यक्ष पाठक थप्छन्, ‘बाहिर अवार्ड जित्यो भने फिल्म बिक्न सक्छ, अर्को प्रोजेक्टका लागि लगानी आउन सक्छ । हाम्रोमा जित्यो भने त पुरस्कार राशी र अवार्ड मात्रै हो ।’

बजेककै अभावले विदेशका ख्यातिप्राप्त डिस्ट्रिब्युटर र लगानीकर्तालाई निफमा ल्याउन असम्भव भएको उनको बुझाइ छ ।

कुन विधामा कस्तो अवार्ड ?

स्राेत : निफ

पहिलो गाँसमै ढुंगा
नेपाली फिल्मलाई अन्तर्राष्ट्रिय भातृत्वसँग जोड्ने उद्देश्यले निफ सञ्चालन गरेको प्रतिष्ठान स्पष्ट छ । बामे सर्दै गरेको नेपाली फिल्म क्षेत्रका मूलधारे चलचित्रलाई समेट्ने महोत्सव नभएकाले निफ ल्याइएको प्रतिष्ठानका अध्यक्ष पाठक दाबी गर्छन् ।

२०७४ बाट सुरु यस महोत्सव संघीयताको धारणा अनुरुप सञ्चालन गर्न भने असफल रहेको प्रतिष्ठानका अध्यक्ष पाठक अनुभव सुनाउँछन् ।

‘हरेका संस्करण फरक–फरक प्रदेशमा गर्ने भनेर पोखराबाट सुरु गरेका थियौं । फरक गर्ने भन्ने उद्देश्यका साथ पोखरबाट पारम्भ गर्‍याैँ । यो योजना लागू गर्न सकिएन । आउन–जान टाढा, तयारी गर्न गाह्रो, खर्च बढी, समय बढी, स्थानीय सहयोग पनि पाइएन ।’ उनी स्मरण गर्छन् ।

स्थानीयले निफलाई अपनत्व नलिएका र खर्च धान्न नसकिएकाले काठमाडौंमा अन्य संस्करणलाई निरन्तरता दिन बाध्य भएको आयोजक बताउँछ ।

प्रकाशित मिति : ५ चैत्र २०८०, सोमबार  ४ : ३८ बजे

कांग्रेसको आरोप : सभामुख सत्तारुढ दलका रबर स्ट्याम्प भए

काठमाडौं- प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सभामुख देवराज घिमिरे सत्तारुढ दलको

बारामा दश महिनामा दुई करोड ४३ लाख राजस्व संकलन

कलैया– जिल्ला ट्राफिक प्रहरी कार्यालय बाराले चालु आर्थिक वर्षको १०

प्रधानमन्त्रीको भनाइमा कांग्रेसको आपत्ति

काठमाडौं- सत्तारुढ नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदमा दिएको

कलुवापुर–बेलौरी राजमार्ग अझै भएन कालोपत्र 

कञ्चनपुर– कलुवापुर–बेलौरी राजमार्गको कालोपत्र गर्ने कार्य अझै पूरा हुन सकेको

खराब मौसमका कारण श्रीलंकामा दश हजारभन्दा बढी प्रभावित

कोलम्बो– तीव्र हावा तथा भारी वर्षाका कारण श्रीलंकामा दश हजारभन्दा