मनहरीमा रजैया दरदरा मोटरेवल पुलको शिलान्यास « Khabarhub

मनहरीमा रजैया दरदरा मोटरेवल पुलको शिलान्यास


५ चैत्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


570
Shares
  • change font
  • change font
  • change font

मनहरी– मकवानपुरको मनहरी गाउँपालिका–९ र ५ जोड्ने रजैया दरदरा मोटरेवल पुलको शिलान्यास गरिएको छ । आज एक समारोहबीच बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले पुलको शिलान्यास गरेका हुन्  । 

प्रदेश सरकारले विनियोजन गरेको बजेटअन्तर्गत मनहरी गाउँपालिका–९ र ५ जोड्ने मोटरेवल पुलको शिलान्यास गरिएको हो । लामो समयदेखि बन्न नसकेको योे पुल निर्माणमा प्रदेश सरकारले पहल गर्दै आएको थियो । प्रदेश सरकार गठन भएलगत्तै निर्माणको योजना अघि बढाए पनि विस्तृत परियोजना प्रस्ताव (डिपिआर), निकुञ्जलगायत समस्याका कारण काम अघि बढ्न सकेको थिएन । 

प्रदेश सरकारका तर्फबाट सामाजिक विकासमन्त्री कुमारी मोक्तान, मकवानपुर क्षेत्र नं २ (ख) का प्रदेश सांसद इन्द्रबहादुर बानियाँ र मनहरी गाउँपालिकाको पहलमा पुल निर्माणका लागि बजेट सुनिश्चितता भएको गाउँपालिका अध्यक्ष रञ्जन कालाखेतीले जानकारी दिए। नागरिकको गुनासो र दबाब तथा सरोकारवालाको पहलका बीच प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८०-८१ को बजेटमा उक्त पुल निर्माणका लागि बजेट विनियोजन गरिएको उहाँले बताए। 

पूर्वाधार विकास कार्यालय चितवनमार्फत कार्यान्वयन गरिएको उक्त पुल निर्माण योजनाका लागि प्रदेश सरकारले रु २४ करोड सात लाख ९१ हजारमा ठेक्का सम्झौता गरेको छ । निर्माण कम्पनी बिटी-आरएस जेभीले तीन वर्षभित्र पुल निर्माण सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरेको पूर्वाधार विकास कार्यालय चितवनका प्रमुख वीरेन्द्र चौधरीले बताए।

शिलान्यास कार्यक्रममा बागमती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री युवराज दुलाल ‘शरद’, सामाजिक विकासमन्त्री कुमारी मोक्तान, पूर्वस्वास्थ्यमन्त्री विरोध खतिवडा, प्रदेश सांसद एकलाल श्रेष्ठ, मनहरी गाउँपालिका अध्यक्ष रञ्जन कालाखेतीलगायत उपस्थित हुनुहुन्थ्यो । 

प्रकाशित मिति : ५ चैत्र २०८०, सोमबार  ५ : ५० बजे

सहकारी ठगी मुद्दा छिटो टुंग्याउन मन्त्रालयले माग्यो समर्पित इजलास

काठमाडौं – सहकारी ठगीसम्बन्धी मुद्दाको बढ्दो चापलाई व्यवस्थित गर्दै पीडितलाई छिटो

वाग्मती सफाइ अभियान : ६९०औँ हप्ता पूरा

काठमाडौं–  ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ

निगमले भन्यो- ग्यासको अभाव छैन, मागअनुसार आपूर्ति भइरहेको छ

काठमाडौं- खाना पकाउने एलपी ग्यासको बिक्री–वितरणलाई व्यवस्थित बनाउन नेपाल आयल निगमले

रुसी मिसाइल र ड्रोन आक्रमणमा किएभमा तीनको मृत्यु

एजेन्सी– रुसले शनिबार बिहान युक्रेनको राजधानी किएभलाई लक्षित गरी ब्यालिस्टिक

पच्चिस करोडभन्दा कम लागतका उद्योगको सिफारिस प्रदेशबाटै

काठमाडौं– उद्योग विभागले स्थिर पुँजी २५ करोडभन्दा कम पुँजी भएका