वैतेश्वरका किसानलाई अनुदानमा बाख्रा वितरण  « Khabarhub

वैतेश्वरका किसानलाई अनुदानमा बाख्रा वितरण 


५ चैत्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

दोलखा– जिल्लाको वैतेश्वर गाउँपालिकामा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना बाख्रा पकेट कार्यक्रम मार्फत आएको सात लाख अनुदानमा ६४ वटा बाख्रा वितरण गरिएको छ ।

गाउँपालिकाले पालिका भित्र कानुनीरूपमा दर्ता भएर बिमा गरेर नै बाख्रा पालनमा लागेका ७ वटा फार्म छनोट गरी एक फार्म बराबर ९ वटाका दरले किसानलाई बाख्रा खरिद गरी वितरण गरेको वैतेश्वर गाउँपालिकाकी उपाध्यक्ष कल्पना उप्रेतीले बताइन् ।

पालिकाले वडा नम्बर-१,२,४,५,६ र ७ मा दुई वटा फार्म गरी ७ वटा फार्म सञ्चालक किसानलाई ६४ वटा बाख्रा वितरण गरेको हो ।

बाख्रा पकेट कार्यक्रम मार्फत प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत ७ लाख अनुदान आएको थियो । सोही रकमबाट किसानलाई स्थानीय खरी जातको बाख्रा वितरण गरिएको हो ।

सुबास बस्नेत

प्रकाशित मिति : ५ चैत्र २०८०, सोमबार  ६ : ४६ बजे

कांग्रेस अधिवेशनमा सहभागी शिक्षकलाई कारबाही गर्न निर्देशन

काठमाडौँ । नेपाली कांग्रेसको वडा अधिवेशनमा सहभागी भएका शिक्षकलाई कारबाही

ओलीको बचाउ गर्दै रामकुमारी : नेतृत्व परिवर्तनको बहस फेसन

काठमाडौँ । नेकपा एमालेकी केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले स्थापित दलहरुमा

अध्यक्षविरुद्धका सबै प्रयास असफल भए : महेश बस्नेत

काठमाडौँ – नेकपा (एमाले)का सचिव महेश बस्नेतले अध्यक्ष केपी शर्मा

राष्ट्रसंघको महासभाअघि रुस र युक्रेनबीच घातक आक्रमण-प्रतिआक्रमण

काठमाडौं । संयुक्त राष्ट्रसंघको महासभामा युक्रेन युद्धबारे व्यापक छलफल हुने

योगदानको कदर गर्दै देउवालाई सम्मानित अभिभावक स्वीकार्छौँ : उपसभापति भुसाल

काठमाडौं । नेपाली कांग्रेसकी उपसभापति पुष्पा भुसालले पूर्वसभापति शेरबहादुर देउवा