वैतेश्वरका किसानलाई अनुदानमा बाख्रा वितरण  « Khabarhub

वैतेश्वरका किसानलाई अनुदानमा बाख्रा वितरण 


५ चैत्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

दोलखा– जिल्लाको वैतेश्वर गाउँपालिकामा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना बाख्रा पकेट कार्यक्रम मार्फत आएको सात लाख अनुदानमा ६४ वटा बाख्रा वितरण गरिएको छ ।

गाउँपालिकाले पालिका भित्र कानुनीरूपमा दर्ता भएर बिमा गरेर नै बाख्रा पालनमा लागेका ७ वटा फार्म छनोट गरी एक फार्म बराबर ९ वटाका दरले किसानलाई बाख्रा खरिद गरी वितरण गरेको वैतेश्वर गाउँपालिकाकी उपाध्यक्ष कल्पना उप्रेतीले बताइन् ।

पालिकाले वडा नम्बर-१,२,४,५,६ र ७ मा दुई वटा फार्म गरी ७ वटा फार्म सञ्चालक किसानलाई ६४ वटा बाख्रा वितरण गरेको हो ।

बाख्रा पकेट कार्यक्रम मार्फत प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत ७ लाख अनुदान आएको थियो । सोही रकमबाट किसानलाई स्थानीय खरी जातको बाख्रा वितरण गरिएको हो ।

सुबास बस्नेत

प्रकाशित मिति : ५ चैत्र २०८०, सोमबार  ६ : ४६ बजे

सुनचाँदीको भाउ घट्यो, कतिमा हुँदैछ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेका छ । बिहीबारको

बेनिशाको प्रिमियर लुक्स

काठमाडौं – ‘द ब्लु लाइट’ फिल्मको प्रिमियरमा आफ्नो आउटफिटका कारण

खोटाङ र म्याग्दीका २९ मतदानस्थल अतिसंवेदनशील

खोटाङ– आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनका

यूजीसीका नयाँ नियममाथि सर्वोच्च अदालतको रोक

काठमाडौं– भारतको सर्वोच्च अदालतले विश्वविद्यालय अनुदान आयोग (यूजीसी) ले उच्च

एनआरएन १२औँ विश्व सम्मेलनका लागि परराष्ट्र मन्त्रीको अध्यक्षतामा आयोजक समिति गठन

काठमाडौं– गैरआवासीय नेपाली संघ(एनआरएनए)को १२औँ विश्व सम्मेलनको तयारीका लागि परराष्ट्र