निफमा 'बुलाकी'को वर्चस्व, विपिन उत्कृष्ट अभिनेता घोषित | Khabarhub Khabarhub

निफमा ‘बुलाकी’को वर्चस्व, विपिन उत्कृष्ट अभिनेता घोषित


५ चैत्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


186
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)मा चलचित्र ‘बुलाकी’ले वर्चस्व राखेको छ । उत्कृष्ट फिल्मको अवार्ड जितेको यस फिल्मका निर्देशक र अभिनेता आ–आफ्नो विधामा उत्कृष्ट घोषित भएका छन् ।

सुन्धारामा आयोजना गरिएको निफको समापन समारोहमा सोमबार उत्कृष्ट अभिनेताको अवार्ड ‘बुलाकी’की नायिका सुरक्षा पन्तले जितेकी हुन् । उनका प्रतिनिधिलाई प्रमाणपत्र र ट्रफी हस्तान्तरण गरिएको छ । 

त्यस्तै, ‘बुलाकी’का निर्देशक लक्ष्मण सुनार उत्कृष्ट निर्देशक घोषित भए । उनलाई ट्रफी र प्रमाणपत्रले सम्मान गरिएको छ । ‘बुलाकी’ निर्माण टिमलाई उत्कृष्ट फिल्मको ट्रफी, प्रमाणपत्र र एक लाख रुपैयाँ राशीले सम्मान गरिएको छ ।  

अवार्ड लिँदै बुलाकी टिम

त्यस्तै उत्कृष्ट अभिनेताको अवार्ड भने विपिन कार्कीले जितेका छन् । उनले फिल्म ‘एक भागवत एक गिता’बाट उनले सो अवार्ड जितेका हुन् । उनलाई ट्रफी र प्रमाणप्रत्रले सम्मान गरिएको छ । 

त्यस्तै, अन्तर्राष्ट्रियतर्फ उत्कृष्ट फिल्मको अवार्ड ‘वाइल्ड स्वान्स’ले जितेको छ । फिल्मका प्रतिनिधिलाई ट्रफी र १५ सय डलर हस्तान्तरण गरिएको थियो ।

हेर्नुहोस् तस्बिरहरु

 

 

तस्बिर : चिरायु शाक्य/खबरहब

प्रकाशित मिति : ५ चैत्र २०८०, सोमबार  ७ : ५९ बजे

महिला एसिया कप : आइतबार भारत र श्रीलंकाको फाइनल भिडन्त

काठमाडौं – एसिसी महिला एसिया कप क्रिकेटको फाइनलमा भारत र

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार सन्

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

आज २०८१ साल साउन १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

माछा मार्ने क्रममा पानीमा डुबेर एक जनाको मृत्यु

झापा – झापाको गौरीगञ्ज गाउँपालिका–१ महाभारामा आज दिउँसो माछा मार्ने