नेपालमा वैदेशिक हस्तक्षेप समाप्त भएको छैन : महासचिव गुरुङ « Khabarhub

नेपालमा वैदेशिक हस्तक्षेप समाप्त भएको छैन : महासचिव गुरुङ


५ चैत्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

चितवन । नेपाली कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का महासचिव देवप्रसाद गुरुङले नेपालमा अझै वैदेशिक हस्तक्षेप समाप्त नभएको बताएका छन् ।

गोरखाको गण्डकी गाउँपालिका–१ बुटारमा जनसांस्कृतिक महासङ्घको केन्द्रीय समितिले आयोजना गरेको सांस्कृतिक प्रतिरोध दिवस तथा सम्मान कार्यक्रमलार्ई सम्बोधन गर्दै महासचिव गुरुङले सबैको त्याग र बलिदानपश्चात् सामन्तवादको अन्त्य भए पनि देशमा अझै वैदेशिक उत्पीडन, वैदेशिक शोषण र हस्तक्षेपको अन्त्य नभएको बताएका हुन् ।

महासचिव गुरुङले भने, “मुलुकमा १० वर्षे जनयुद्धपछि जुन परिवर्तन भएको छ सबैको त्याग र बलिदानका कारण भएको हो, सहिदहरुले लिएको सपना, सहिदहरुले लिएको उद्देश्य सामन्तवादलाई विस्थापित गर्नु मात्र होइन, वैदेशिक उत्पीडनलाई पनि विस्थापित गर्नु र जनताको बास, गाँस र कपासको ‘ग्यारेन्टी’ गर्नु हो, जसका लागि समाजवादी क्रान्ति आवश्यक छ, एउटै मात्र उद्देश्य पूरा भएको छ सामन्तवादको नेतृत्व गरेको राजतन्त्र विस्थापित भएको छ तर वैदेशिक हस्तक्षेप विस्थापित भएको छैन ।”

देशमा अझै बहुराष्ट्रिय कम्पनीकोे प्रभुत्व कायम रहेको र देश आत्मनिर्भरताको दिशातर्फ जान नसकेको उनको भनाइ छ ।

जनसांस्कृतिक महासङ्घका इन्चार्ज ईश्वरचन्द्र ज्ञवालीले सर्वहारा, श्रमिक–उत्पीडित वर्ग र देशको मुक्तिका लागि सर्वहारा, श्रमिक–उत्पीडित वर्ग र देशको मुक्तिका लागि हातमा सारङ्गी, मादल, गितार र हार्मोनियम लिएर जनताका बस्तीलाई जगाउँदै हिँड्दा सहिद बनेका संस्कृतिकर्मीहरूको सपना पूरा गर्न सङ्कल्प गर्न यो दिवस मनाउने गरिएको उनले बताए ।

सहिदको सपना पूरा नभएसम्म अभियान जारी रहने उनको भनाइ छ । कार्यक्रममा जनयुद्धका सहिद परिवार तथा स्रष्टालाई सम्मान गरिएको थियो ।

प्रकाशित मिति : ५ चैत्र २०८०, सोमबार  १० : ०० बजे

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज शनिबार, शनिदेवको यसरी पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज १७ गते शनिबार सन् २०२६

आज २०८३ साल असोज १७ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १७ गते शनिबार सन् २०२६

पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित

पोखरा (कास्की) । पोखरा विश्वविद्यालयको २६औँ साधारणसभाले आर्थिक वर्ष २०८३/८४

कास्कीबाट थापाका बाबु–छोरा बने कांग्रेस महाधिवेशन प्रतिनिधि

पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि एकै परिवारका बाबु–छोरा प्रतिनिधि